
जनयुद्धको आधारक्षेत्रको रुपमा चिनिएको रोल्पाको थबाङ गाउँपालिकामा लाखौं रकम आर्थिक भ्रष्टचार भएको छ ।
विप्लव नेकपाले बहिष्कार गरेको स्थानीय निर्वाचनमा सत्ताधारी नेकपाबाट निर्वाचित प्रतिनिधिले करिब आन्तरिक आय बार्षिक १५ लाख पनि छैन तर ४२ लाख बराबरको भत्ता र सेवा सुविधा वितरण गरेको छ ।
संघीय र प्रदेश सरकार मार्फत विनियोजित बजेट र कार्यक्रमका आधारमा मात्रै थवांङमा केही कार्यक्रमहरु देखिन्छन् ।
बार्षिक १५ लाख रुपिया समेत आन्तरिक आय नभएको थवाङ् गाउँपालिकाले ९ महिनामा मात्रै ४२ लाख बराबरको भत्ता र सेवा सुविधा वितरण गरेको रिपोर्टले थबान गाउँपालिका ठूलो भ्रष्टचार भएको खुलासा भएको हो ।
देशकै सानो गाउँपालिका र जनयुद्धको छुट्टै पहिचान बोकेको थवाङ्ले समेत सेवा सुविधाको नाममा आम्दानी भन्दा सुविधा धेरै लिनु आफैमा लज्जास्पद बिषय भएका स्थानीयहरुको भनाई छ ।
गाउँपालिकामा साविकका ३ वटा गाबिस मात्रै पर्छन् । ४२ लाख भत्ता जो अनुगमन भत्ता र भ्रमण भत्ता बाहेकको हो ।
थवाङ् जस्तै देशभरका स्थानीय निकायहरू आफुखुसि सेवासुविधा बढाएर जनताले तिरेको करमा मस्ती गरिरहेको गुनासो चौतर्फी रुपमा बढेको छ ।
स्थानीय निकायमा आफुखुसी सेवासुविधा थप्ने,आफु वा आफु अनुकुल मान्छेलाई ठेक्का दिने,गुणस्तर हिन काम गर्ने गरेको गुनासो बढ्दो क्रममा छ । यसले जनप्रतिनिधिहरु प्रति नागरिकको आक्रोस बढाएको देखिन्छ ।







