प्राकृतिक प्रकोपका घटनामा परेका नागरिकको उद्धार तथा राहत वितरणमा खटिएका आफ्ना नेता कार्यकर्ता पक्राउ गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी बैतडीले आज मशाल जुलुस निकालेको छ ।

पुर्व निर्धारित कार्यक्रम अनुसार पुर्चौंडी,डिलाशैनि,दोगडा केदार,पाटन लगायत जिल्लाका विभिन्न स्थानहरुमा बिरोध कार्यक्रम भएका हुन् ।

कोभिड १९,वाढी,पहीरोका कारण आक्रान्त भएका जनताहरुको उद्दार,राहत वितरण,मनोवैज्ञानिक परामर्श र सचेतना कार्यक्रम सन्चालन गरीरहेको अवस्थामा पनि आफ्ना पार्टीका नेता कार्यकर्ताहरु माथिको गिरफ्तारी,धर पकड,झुठा मुद्दा लगाउने काम राज्य पक्षबाट नरोकीएको विरोधमा कोण सभा,मशाल जुलुस सहीत भोली ६ गते सुदुर पश्चिम वन्द,७,८ गते सरकारी सवारी साधन माथि प्रतिवन्ध लगाईएको हो ।

गिरफ्तार गरीएका पार्टीका केन्द्रीय सदस्य एवं सेति महाकाली व्युरो इन्चार्ज ओम प्रकाश पुन,व्युरो सदस्य पुर्णिमा लगायत वैतडीका हिरासतमा रहनु भएका जिल्ला सदस्य लोकेन्द्र धामि,करण ऐरको विना सर्त स सम्मान रिहाईको माग गरीएको छ ।

साथै,वन्द सहितका संघर्षका कार्यक्रमहरु सफल पार्न किसान,मजदुर,व्यापारी,व्यवसायी,युवा,विद्यार्थी,वुद्विजिवि,कर्मचारी,सुरक्षाकर्मि,पत्रकार,देशभक्त राष्ट्रवादी प्रगतीशिल सम्पुर्णमा सहयोगका लागि आह्वान गरीएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार