भारतीय लेखक वरवर रावको रिहाइको माग गर्दै अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले एक विज्ञेप्ती जारी गरेको छ ।

अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हस्तबहादुर केसीद्धारा जारी विज्ञप्तिमा भारतीय सरकारलाई रावलाई जेनेभा महासन्धी अनुसार व्यवहार गर्न पनि माग गरिएको छ ।

विज्ञप्तिमा पत्रकार रावलाई भारतको भीमकोरेगाउँको घटनासित जोड्दै माओवादीको अभियोग लगाएर भारतको मुम्बईस्थित तलोजामा २२ महिनादेखि जेलमा कैद गरिएका ८१ वर्षीय माक्र्सवादी चिन्तक एवम् विश्व प्रसिद्ध तेलगु क्रान्तिकारी कवि तथा भारतीय जनताका बुद्धिजीवी वरवर रावको जीवन रक्षाका निम्ति आवाज बुलन्द गर्न विश्वभर क्रियाशील मानव अधिकारवादी संघ–संगठनहरु, लेखक तथा पत्रकारहरु, साहित्यकारहरु, विद्वानहरु, बुद्धिजीवीहरु समक्ष आह्वान गरिएको छ ।

विज्ञप्तिमा रावको शिघ्र र बिना सर्त रिहाइका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आह्वान पनि गरिएको छ ।

केसीद्धारा जारी विज्ञप्तिमा कोरोना संक्रमितलाई जेलमै चुपचाप हत्या गर्ने योजनामा लागेको हिन्दुवादी भारतीय फासीवादी सत्ताको गलत नियतलाई पर्दाफास गर्दै पत्रकार रावको स्वास्थ्य उचित उपचारको माग पनि गरिएको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार