सत्ताधारी नेकपामा पूर्व एमालेहरु एक ठाउँमा आउने संभावना बढेको छ । झलनाथ खनाल र वामदेव गौतमका पछिल्ला क्रियाकलापले त्यही देखाइरहेको छ ।

यही क्रममा पार्टीभित्र वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतम फेरि नजिक आइपुगेका छन् । तत्कालिन नेकपा एमालेको अघिल्लो महाधिवेशनमा केपी शर्मा ओलीलाई अध्यक्ष बनाउन निर्णायक भुमिका खेलेको झलनाथ खनाल र बामदेव गौतमको गुट सक्रिय भएको हो ।

गौतमकै पहलमा खनालले अन्तिम समयमा ओलीलाई साथ दिदा अध्यक्ष बन्ने सफलता हासिल गरेका थिए । तर, त्यत्रो साथ दिदा पनि आफूहरुलाई उल्टै बेवास्ता गरेको भन्दै खनाल र गौतम दुवै रुष्ट छन् । दुवै नेताहरु ओलीको राजीनामा मागिरहेको प्रचण्ड र माधवकुमार नेपालसहितको समुहमा देखिएका छन् ।

सत्ताधारी नेकपाभित्र संकट गहिरिएर फुटको अवस्था बनेपछि खनाल र गौतम दुवैले सम्हालिएर बढ्नुपर्नेमा जोड दिएका छन् । उनीहरु दुवै बरु अर्ली महाधिवेशन गरेर विस्तारै ओलीको विकल्प खोज्नेतर्फ लाग्नुपर्ने पक्षमा उभिएका छन् । अहिले कोरोना भाइरसको महामारी र प्राकृतिक विपत्तिको बेलामा हटाइहाल्न लाग्दा गलत सन्देश जाने भएकाले केही समय पर्खनुपर्ने पक्षमा छन् ।

खनाल र ओली अहिले नै माधव नेपाललाई बलियो बनाइहाल्ने पक्षमा छैनन् । ओलीको विकल्प खोज्दा पूर्व एमाले बलियो हुने देखिएबाट दुवै नेता हच्किएका छन् ।

नेकपाभित्र चार गुट स्पष्ट देखिइसकेको छ । तीन गुटमा नेताहरु एक्ला एक्लै छन् भने अर्को गुटमा खनाल र गौतम एकसाथ देखिएका छन् । अब खनाल र गौतमको संयुक्त गुटमा पूर्व एमालेका दोस्रो पुस्ताका उदीयमान नेताहरु छन् ।

अब यही गुट निर्णायक बन्न सक्ने अवस्था बनेको छ । यही गुटले विगतमा माधव नेपाललाई हराएर ओलीलाई अध्यक्ष बनाएजस्तै यसपटक पनि सत्ता संकट टार्न भुमिका खेल्ने सम्भावना बलियो बनेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार