पार्टी पुनर्गठनको प्रयत्न र पुष्पलालको असहमति

त्यसबेला तुल्सीलाल दिल्लीमा हुनुहुन्थ्यो र उहाँले सोभियतसंघको ‘राष्ट्रिय प्रजातन्त्र’को लाइनलाई समर्थन गर्नुभएको थियो । हामीले नयाँ जनवाद र माओविचारधारा मान्नेहरुलाई मात्र एकीकृत गरेर पार्टी एकता गर्न खोजेका थियौँ त्यसकारण हामीले पार्टी एकताका लागि उहाँसित सम्पर्क गरेनौं ।  पुष्पलाल, मनमोहन, शम्भुराम, निर्मल लामा, भक्तबहादुर, चित्र के.सी लगायत एकजुट हुनुपर्छ भनेर हामीले पहल कदमी गर्यौं ।

त्यसक्रममा २०२८ सालको मंसिर २० गते काठमाडौमा भएको एउटा गोप्य भेलाले केन्द्रीय न्युक्लियसको गठन गर्‍यो । त्यसपछि पार्टी एकीकरण गर्ने काममा हामीहरु लाग्यौं । त्यसबेलासम्म पुष्पलाल, तुलसीलाल, पुर्व कोसी, काठमाडौ, ललितपुर र पश्चिमका साथीहरुका बेग्लाबेग्लै समानान्तर समितिहरु थिए ।  ती सवैलाई एक ठाउमा ल्याउनुपर्छ र केन्द्र बनाउनुपर्छ भनेर हामी लाग्यौं ।

त्यही बैठकमा ‘नेपाली काँग्रेस दुश्मन शक्ति वा दुश्मन वर्गको पार्टी हो’ भन्ने हाम्रो निश्कर्ष रह्यो । र काँग्रेस सामन्त वर्ग र नोकरशाहीहरुको पार्टी हो भन्ने कुरामा सबै सहमति भए तर मनमोहन सहमत हुनुभएन । उक्त मतभेदको विषयलाई विषय महाधिवेशनमा गएर टुंग्याउने भनेर महाधिवेशनको तयारी गर्ने निर्णय गरियो । त्यो बेला महाधिवेशनको लागि दस्तावेजहरु पनि तयार पारिए । ति सबै दस्तावेजहरु ‘रातो तरवार’मा प्रकाशित भएका छन् ।

हाम्रो समझदारी पुष्पलाललाई पनि यो एकीकरणमा सामेल गराउनुपर्छ भन्ने रह्यो । त्यसका लागि पुष्पलाललाई भेट्न पहिले पर्मेसगञ्जमा शम्भुराम जानुभयो । तर पुष्पलालसँग सहमति हुन सकेन । उहाँको जोड यो कुरामा रह्यो कि पार्टी एकीकरणका लागि बेग्लै प्रयत्न नगरेर सबै साथीहरु गोरखपुरमा सम्मेलन गरेर उहाँको नेतृत्वमा बनेको केन्द्रीय समितिमा अन्तर्गत नै सामेल हुनु पर्दछ  । उहाँको त्यो कुरामा हामीहरु सहमत हुन सकेनौं ।


हाम्रो समझदारी पुष्पलाललाई पनि यो एकीकरणमा सामेल गराउनुपर्छ भन्ने रह्यो । त्यसका लागि पुष्पलाललाई भेट्न पहिले पर्मेसगञ्जमा शम्भुराम जानुभयो । तर पुष्पलालसँग सहमति हुन सकेन । उहाँको जोड यो कुरामा रह्यो कि पार्टी एकीकरणका लागि बेग्लै प्रयत्न नगरेर सबै साथीहरु गोरखपुरमा सम्मेलन गरेर उहाँको नेतृत्वमा बनेको केन्द्रीय समितिमा अन्तर्गत नै सामेल हुनु पर्दछ  । उहाँको त्यो कुरामा हामीहरु सहमत हुन सकेनौं ।


न्युक्लियस बनेपछि फेरि हामीले पुष्पलाललाई भेट्न मनमोहनलाई बनारस पठायौं । नेपाली काँग्रेसलाई हेर्ने दृष्टिकोण लगायत अन्य थुप्रै विषयमा पुष्पलालसँग हाम्रो मतभेद छदैथियो । उल्टै पुष्पलालले मनमोहनलाई कन्भिन्स गर्नुभयो र उहाँ पनि हामीले गरेका निर्णयहरु गलत थिए भन्ने पक्षमा पुग्नुभयो ।

काँग्रेसलाई दुश्मन शक्ति मान्ने बाहेक माओविचारधारा मान्ने, नयाँ जनवादी क्रान्तिको पक्ष लिने विषयमा भने हामी सबैको एकमत नै थियो । राजा र पञ्चायतको विरोधलगायतमा थुप्रै विषयहरुमा हामी सवै सहमतनै थियौं । हामीबीचको असहमतिको सबैभन्दा मूल बुँदा नै नेपाली कांग्रेसप्रतिको विश्लेषण नै रह्यो । पुष्पलाल आफ्नो पुरानै अडानमा हुनुहुन्थ्यो । हामीले यो मतभेदलाई महाधिवेशन गरेर टुंगो लगाऔं भन्दा पनि उहाँको कमिटीभन्दा बाहिर पार्टी एकीकरणको प्रस्तावमा उहाँ सहमत हुनुभएन । त्यसले गर्दा हाम्रो उहाँसँग पार्टी एकता हुन सकेन ।

सैद्धान्तिक प्रश्नहरुमा उहाँसित खासगरी दुइवटा मतभेदहरु रहे : एउटा  नेपाली कांग्रेसको विश्लेषण र अर्को त्यो बेला अन्तर्राष्ट्रिय रुपमा चीन र रुसका बीचमा चलेको महान बहसको प्रश्नमा । अन्तर्राष्टिय कम्युनिस्ट आन्दोलनमा त्यसबेला चीन र रुसको पार्टीको बीचमा नयाँ जनवादी क्रान्ति वा राष्टिय प्रजातन्त्रको बारेमा ठूलो बहस चलिरहेको थियो । त्यो बहसले विश्वभरिकै कम्युनिष्टहरुलाई तरंगित गरिरहेको थियो । विश्वमा नै त्यस सवाललाई हेर्ने दृष्टिकोणमा मतभेद थियो ।  उक्त बहसमा भारतमा ज्योति बसुहरु सोभियत संघको पक्षमा थिएनन, उनीहरु माओविचारधाराको पक्षमा थिए । उनीहरुले माओ विचारधारा मान्थे । तर सोभियत संघ र चीन बीच चलेको महान विवाद (ग्रेट डिबेट) मा सीपीएमको मध्यमार्गी दृष्टिकोण थियो । भारतका सीपीएम, भियतनामका होचिमिन्ह, क्युबाका फिडेल क्यास्त्रो लगायतले पनि सोही प्रकारको मध्येमार्गी नीति अपनाएका थिए । नेपाल कम्युनिष्ट पार्टीको जन्मकालदेखि नै पुष्पलालको सम्बन्ध सीपीएमसँग भएकोले पनि हुन सक्छ, त्यस सवालमा उहाँको भूमिका पनि मध्यमार्गी नै हुन गयो । त्यसमा पनि हाम्रो मतभेद रह्यो । हाम्रो भनाइ, त्यो प्रश्नमा तटस्थ नबसेर स्पष्ट रुपले रुसको लाइन संशोधनवादी भएकोले त्यसको विरोध तथा चीनको लाइनको समर्थन गरेर जानुपर्छ भन्ने रह्यो । त्यसबेला पुष्पलालले अपनाएका मध्यमार्गी नीतिलाई हामीले गलत भनेका थियौं ।

गद्दारपुष्पलाल भन्नु गल्ती थियो !

त्यसबीचमा, मेरो एउटा पुस्तक निस्कियो ‘गद्दार पुष्पलाल’ । काँग्रेसलाई दुश्मनशक्ति मान्ने हाम्रो दृष्टिकोणको ठीक विपरीत पुष्पलालको विश्लेषण कांग्रेस मित्रशक्ति हो भन्ने रह्यो । दुश्मनशक्तिलाई मित्र शक्ति भनेपछि त्यो उहाँलाई हामीले ‘गद्दार’ भएको विश्लेषण गर्यौँ । सोही विश्लेषणका आधारमा हामीले ‘गद्दार पुष्पलाल’ किताब निकालेका हौं ।

त्यसबीच पुष्पलालको निधन भयो । पछि हाम्रो पार्टीको सम्मेलनले उहाँको बारेमा पुनर्मूल्यांकन गर्‍यो । नेपाली कांग्रेसलाई हेर्ने पुष्पलालको दृष्टिकोणलाई हामीले कांग्रेसपरस्त ठान्ने हाम्रो सोचाइ यथावत रुपमा नै रहयो, अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा चलेको महाविवादलाई हेर्ने सवालमा उहाँको भूमिका मध्यमार्गी भएको कुराको पनि हामीले गलत नै ठहर्यौँ । यी सवालहरुमा उहाँसँगको सैद्धान्तिक मतभेदका बाबजूद, राजतन्त्र एवं पञ्चायतविरुद्धको संघर्षमा, जीवनको अन्त्यसम्म सम्झौताहीन संघर्ष गरेको, कम्युनिष्ट पार्टीको स्थापना र त्यसको सम्वर्धनमा उहाँले महत्वपूर्ण भूमिका खेलेको समेत कुराहरुमाथि विचार गर्दा उहाँलाई गद्दार भन्नु गलत भएको भन्ने निचोडमा हामी पुग्यौं । त्यस दौरानमा केशरजंग रायमाझी, डीपी अधिकारी लगायत अन्य कैयन नेताहरुले आत्मसमर्पण वा पलायनको बाटो समात्दै गए । तर उहाँले कहिल्यै सम्झौता वा समर्पण गर्नुभएन । अतः उहाँले लिएका नीति र सिद्धान्तमा रहेका मतभेदकै आधारमा उहाँलाई गद्दार भन्नु गलत भयो भन्ने निष्कर्षमा हामी पुग्यौं । अतः उहाँसँगको सैद्धान्तिक, नीतिगत मतभेदहरुलाई कायम राख्दै उहाँलाई भनेको गद्दार शब्दको प्रयोग गल्ती भएको छ भनेर हामीले फिर्ता लियौं ।


केशरजंग रायमाझी, डीपी अधिकारी लगायत अन्य कैयन नेताहरुले आत्मसमर्पण वा पलायनको बाटो समात्दै गए । तर उहाँले कहिल्यै सम्झौता वा समर्पण गर्नुभएन । अतः उहाँले लिएका नीति र सिद्धान्तमा रहेका मतभेदकै आधारमा उहाँलाई गद्दार भन्नु गलत भयो भन्ने निष्कर्षमा हामी पुग्यौं । अतः उहाँसँगको सैद्धान्तिक, नीतिगत मतभेदहरुलाई कायम राख्दै उहाँलाई भनेको गद्दार शब्दको प्रयोग गल्ती भएको छ भनेर हामीले फिर्ता लियौं ।


गद्दार पुष्पलाल भनेर निस्केको मेरो पुस्तकको शीर्षकलाई नै बदलेर दोस्रो संस्करणमा ‘क्रान्तिमा भ्रान्ति’ राखियो । त्यसो त पहिलो संस्करणमा नै पनि सो पुस्तकभित्र कहीँपनि गद्दार लेखिएको थिएन, शीर्षकमा मात्रै त्यो शब्द प्रयोग भएको थियो ।

पुष्पलाल जीवित छँदै पार्टी एकीकरणका लागि मनमोहन, शम्भुराम लगायत हामीले उहाँसँग प्रयत्न गरेका हौं । तर उहाँकै नेतृत्वमा सबै आउनुपर्छ भन्ने उहाँको अडान रहेको कारण सबै छरिएका साथीहरु त्यसरी आउन सम्भव पनि थिएन  । त्यसबेला हामीले एउटा न्यूक्लियस बनाएका थियौं, जसको महासचिव मनमोहन अधिकारी हुनुहुन्थ्यो, र मनमोहन, शम्भुराम र म समेत गरी तीनजनाको सचिवालय थियौं । त्यो समितिका अन्य सदस्यहरुमा जय गोविन्द शाह, निर्मल लामा, चित्र बहादुर के.सी, भरतमोहन अधिकारी, कमल कोइराला, शुद्धिलाल सिंह, काइला बा, राम बहादुर, महेश उपाध्याय, भक्त बहादुर आदि हुनुहुन्थ्यो । त्यो सबै मिलेर एकीकृत भएर जाऔं भन्ने हाम्रो प्रस्तावलाई पुष्पलालले अस्वीकार गर्नुभयो । त्यसकारण हामी उहाँसँग अलग्गै रहनुपर्यो । त्यसबेला उहाँले मान्नुभएको भए हाम्रो संगठन एउटै हुन्थयो र सम्भवतः अहिलको नेपालको कम्युनिष्ट आन्दोलनको इतिहास नै बेग्लै हुन्थ्यो ।

हामीले उहाँलाई गद्दार भनेको कुरा फिर्ता लियौं । तर उहाँलाई गद्दार हामीले मात्रै भनेका थिएनौं । तत्कालीन मालेको मुखपत्र ‘वर्गसंघर्ष’ मा पानापानामा पुष्पलाल, मनमोहन र मलाई समेत गद्दार भनिएको छ । त्यसको कसैले चर्चा गर्दैन । मैले एक ठाउँमा, एउटा पस्तकको शीर्षक ‘गद्दार’ राखेको कुरामा व्यापक चर्चा हुने गर्छ । हामीले त त्यो प्रश्नमा धेरै पहिले नै आत्मालोचना गरिसकेका छौ तर माले वा एमालेका साथीहरुले त्यसबारे कहिले पनि आत्मालोचना गरेका छैनन् ।

रातोपाटी अनलाइनसँगको कुराकानीको सानो अंश ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार