सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले ‘म नै सर्वेसर्वा हुँ र म नभए केही पनि चल्दैन’ भन्ने प्रवृत्तिविरुद्ध दृढतापूर्वक उभिन अपिल गरेका छन् ।

४२औँ पुष्पलाल स्मृति दिवसका सन्दर्भमा प्रेस वक्तव्य जारी गर्दै नेता नेपालले व्यक्तिवादी र गैरकम्युनिस्ट प्रवृत्तिहरू देखा पर्दछन् भने त्यसका विरुद्ध दृढतपूर्वक उभिनु सबै इमानदार नेता–कार्यकर्ताको कर्तव्य हुने बताएका हुन् ।

‘अर्काको अस्तित्व स्वीकार नगर्ने र ‘म नै सर्वेसर्वा हुँ र म नभए केही पनि चल्दैन’ भन्ने भावनाले कम्युनिस्ट आन्दोलनलाई हिजो विभाजनबाट थिलोथिलो बनाएको कटु यथार्थ भोग्दै हामी यहाँसम्म आइपुगेका छौँ । आज पनि कहीँ कतै त्यस्ता गलत, व्यक्तिवादी र गैरकम्युनिस्ट प्रवृत्तिहरू देखा पर्दछन् भने त्यसका विरुद्ध दृढतपूर्वक उभिनु सबै इमानदार नेता–कार्यकर्ताको कर्तव्य हुन्छ’, पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले भनेका छन् ।

पुष्पलालले स्थापना गरेका पदचिन्हहरूमा दृढतापूर्वक हिँड्न सकेकै कारण आफूहरुले नेपालमा ऐतिहासिक परिवर्तनहरू गर्न सकेका उनले उल्लेख गरेका छन् ।

कम्युनिस्ट आन्दोलनलाई सबै खालका भड्कावहरूबाट जोगाउँदै पुष्पलालले स्थापित गरेका मानकहरू सधैँ मार्गदर्शनका रुपमा रहने उनले बताएका छन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार