
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले रोल्पा थबाङका क्रान्तिकारी कम्युनिस्ट नेता बर्मन बुढामगरको निधनप्रति गहिरो शोक तथा समवेदना प्रकट गरेको छ ।
साथैं विप्लव नेकपा र नयाँ सत्ता केन्द्रीय जनपरिषद्, नेपालले संयुक्त रुरुपमा जारी गरेको विज्ञेप्तीमा बुणमगरलाई केन्द्रीय सल्लाहकार रहेको घोषणा गर्दै उनको निधनबाट नेपालको कम्युनिस्ट आन्दोलनलाई अपुरणीय क्षति पुगेको बताएको छ ।
केन्द्रीय जनपरिषद् नेपालका प्रमुख सन्तोष बुढामगरले बुधबार समवेदना वक्तव्य जारी गरी पार्टीका पूर्वकेन्द्रीय सल्लाहकारसमेत रहेका बर्मन बुढामगरद्धारा विज्ञेप्तीमा बर्मन बुढामगरले आफ्नो पार्टीलाई सधैं अभिभावकत्व प्रदान गरेको उल्लेख गरिएको छ ।
वक्तव्यको अन्त्यमा भनिएको छ-
‘केही समययता उहाँ क्यान्सर रोगबाट पीडित हुनुभएको थियो । उपचारका क्रममा पाटन अस्पतालमा उहाँको निधन भएको छ । हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी र नयाँ सत्ता (केन्द्रीय जनपरिषद्, नेपाल) दिवंगत कमरेड बर्मन बुढामगरप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ र उहाँको परिवारजनमा पर्न गएको दुःखप्रति गहिरो समवेदना व्यक्त गर्दछ ।’
समवेदनाको पूर्णपाठ….








