यहाँ पार्टी संकटमा छ । साँचो कुरा के हो भने अहिले ठिकठाक छ भनेर मैले भनेँ भने त्यो सत्य होइन । पार्टी संकटमा छ, किनकी हाम्रो पार्टीको बैठक चल्दाचल्दै निर्वाचन आयोगमा नेकपा एमालेको नाममा पार्टी दर्ताको प्रकृया हाम्रो पार्टीका अर्का अध्यक्ष (केपी ओली) समेतको सक्रियता र पहलमा भएको छ ।

त्यसकारण यसले संकटलाई व्यक्त गरेकै छ । यो तपाइँहरुले देखिराख्नुभएको छ र सवैले देखेकै कुरा हो । अहिले देशभरी केही कार्यकर्ताहरुलाई नाराजुलुुसमा लगाउने कोसिस भएको छ । तपाईंहरुले यो पनि देखिराख्नुभएको छ, मुर्दावाद र जिन्दावादका नारा । हामी यो पार्टीलाई कसरी एकताबद्ध गर्ने भन्नेबारे छलफल गरिरहेका छौं, पार्टीलाई कसरी गति दिने भन्नेमा पनि हामी केन्द्रीत भएर छलफल गर्दैछौँ । तर देशभरी जुलुस भएको छ । हामीलाई साथीहरुले देशभरीबाट सोध्छन् अव हामी के गर्ने भनेर । तर हामीले धैर्य लिनुस् अहिले केही गर्नुपर्दैन भनेका छौँ । पार्टी एकताका पक्षमा उभिनुस् भनेर भनिरहेका छौँ । तर त्यस खालका प्रचारबाजी पनि भइरहेकाले पार्टीमा संकट छ भन्ने नै देखाएको छ ।

पार्टी सामान्य स्थितिमा छैन । पार्टी एकता प्रक्रियामा हामीले केही आधारहरु बनाएका थियौँ । सबैभन्दा पहिला वैचारिक राजनीतिक आधार हो । वैचारिक ढंगले हामीले मार्क्सवाद लेनिनवादलाई हाम्रो निर्देशक सिद्धान्त हो भनेर सर्वसम्मत ढंगले मानेका छौँ भने राजनीतिक कार्यदिशाको रुपमा जनताको बहुदलीय जनवाद, एक्काइसौँ सताब्दीको जनवाद र माओवादसम्बन्धी मान्यतालाई विकसित गर्नुपर्छ, अबको नयाँ चरणमा परिमार्जित गर्नुपर्दछ भन्दै समाजवादउन्मुख जनताको जनवादलाई अहिलेको कार्यदिशा भन्यौँ । तर तपाईं हामीले हेर्यौँ भने अहिले कताकता फेरि हामी पछाडि फर्कन खोजेका संकेतहरु देखिएका छन् । केहीले एक्काइसौँ सताब्दीको जनवाद जिन्दावाद भन्यो भने या माओवाद जिन्दावाद भन्यो र त्यही हो भन्यो भने ? न महाधिवेशनको निम्ति छलफल ओपन गरिएको छ ?

ओपन नगर्दै त्यसो भनियो या जनताको बहुदलीय जनवाद जिन्दावाद भनियो भने त्यो अगाडि गएको ठहरिँदैन । त्यो पार्टी एकताको पक्षमा उभिएको पनि ठहरिँदैन । त्यो पार्टी विभाजनतिर जबरजस्त भैरहेको कुरालाई मात्रै संकेत गर्छ ।

नरबहादुर कर्माचार्यको स्मृतिद्धारा आयोजित कार्यक्रममा प्रचण्डले राखेको धारणाको सानो अंश ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार