
कमरेड विप्लव, नमस्कार
लाल सलाम गर्ने हैसियत अहिले मसित छैन ।
जहाँ रहनुस मानसिक र शारिरिक दुबै हिसावले सःकुसल हुनुहुनेछ, कामना र बिश्वास । जीवित रहँदा रहदै पनि पल पल मरिरहनु पर्ने यो कायरतापुर्ण जीवनका वस्तविकता बीचबाट जीवित लाशको दुई शब्द । तपाईसम्म मेरो यी सन्देशहरु अवश्य आइपुग्नेछन, म विश्वस्त छु ।
कमरेड ! बहादुरीपूर्वक मृत्युलाई ल्लकार्दै बाँच्नु र शिर झुकाएर बाँच्नुबीचको अन्तरलाई भोग्ने सौभाग्य या दुर्भाग्या मिल्यो । जीवन जीउनुका यी दुई बाटोमा पहिलो बाटो नै सही । तर काँहावाट ? कसरी ? फेरी के हुन्छ ? यी यस्तै प्रश्नहरुको गोलचक्र बिचमा उभिएको छु ।
कमरेड, आज निस्वार्थ प्रेम गर्नेहरु पाश्विक ढङगले मारिन्छन ।निर्मम्तापुर्वक श्रीमतीको हत्या गर्नेहरु उन्मुक्ति पाँउछन । गैँडा मार्ने तस्करहरु तारे होतेलहरुमा शाषकहरुसित लन्च र डिनर गरीरहँदा प्राण धन्न जँगल पसेको चेपाङ मारिन्छ । दशगजामा टाउको फुटाउने मधेशीहरु धोती र भारतीय एजेन्ट भनेर अपहेलित छन् । देशको भुभाग बेचेर सत्ता र सम्पति आर्जन गर्नेहरु राता रात राष्ट्रवादी भएका छन् ।
कमरेड, आँखै अगाडिका यी दृश्यहरु तर चुपचाप शालिक झैँ बस्नु पर्ने म । के म चेतनशील प्राणी हुँ ? के जिउनु को अर्थ यही हो ? बडेमाको घनले टाउकोमा हिर्काए झैँ ठोकिरहन्छन यी प्रश्नहरु ।
कमरेड, यी मेरो जिज्ञसा र छटपटीवाटै छिट्टै मुक्त हुनेछु भन्ने विश्वासका साथ बिदा ।
तपाइले जाने बुझेको मार्शल ।







