
मानवअधिकारवादी संगठन जनअधिकार अभियान नेपालले चितवनको कुसुमखोला किनारमा रहेको चेपाङबस्तीका घरमा आगो लगाउनेहरुमाथि कार्वाहीको माग गरेको छ ।
चितवन राष्ट्रिय निकुञ्जले साउन ३ गते कुनै पूर्वसूचना निकुञ्जको ठाडो आदेश र निर्देशनमा सेना अनि कर्मचारीको संयुक्त मिलेमतोमा सुकुम्बासीहरुको घरटहरामा आगो लगाउने दोषीहरुमाथि तत्काल कडा कारवाही गर्न माग गरेको छ ।
अभियानका अध्यक्ष एकराज भण्डारीले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै सेनाद्धारा जबर्जस्ती आफ्नो नियन्त्रणमा लिई कुटपिट गरी राजकुमार चेपाङको मृत्यु समेत भएको घटनाले गम्भीर ध्यानाकर्षण समेत भएको भन्दै सुकुमबासी घरमा आगो लगाउनेहरुमाथि कार्वाहीको माग गरेका छन् ।
साथै अध्यक्ष भण्डारीले यो घटनाले सरकार सुकुमबासी जनताको पक्षमा नरहेको समेत बताएका छन् ।
विज्ञप्तिकाे पूर्णपाठ…








