
वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले चितवनको कुसुमखोला स्थित चेपाङ बस्तीमा घर नभइ मकै रूँघ्ने गोठ जलाइएको बताएपछि उनको सबैतरिबाट चर्को आलोचना भएको छ ।
प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानवअधिकार समितिको आइतबारको बैठकमा मन्त्री बस्नेतले यस्तो बताएका थिए।
चेपाङ बस्तीमा आगो लागाइएको र सेनाद्वारा कुटपिट भई मृत्यु भएको समाचार गलत भएको उनको कथन थियो । उनले बस्तीका २ सय १ घर मध्ये १ सय ९३ घरलाई अर्को ठाउँमा स्थानमा सारिएको र ती सारिएकै मानिसहरुले खेती किसानी गर्ने र मकै हेर्न बनाइएका मचान जलाएको स्पष्टिकरण दिएका हुन् ।
शक्ति बस्नेतको आलोचना गर्दै वरिष्ठ लेखक नरेन्द्रजंग पिटर फेसबुकमा लेख्छन्-
‘हिजाका नेताहरूको विरोधमा नलेखौँ भन्ने मन लाग्छ । यदी मैले पनि विरोध गरिन भने अपराधको म समर्थक हुँनेछु । समयसंग धेरै फेरिन्छ। आफन्त पराइ हुन्सक्छन। मित्र दुश्मन बन्न सक्छ,नायकहरूले पनि आफ्नो रक्षा गर्न नसक्छन । मूलत शक्तिहरू इतिहासबाट शिक्षा पटक्कै लिँदैनन् ।’
जागृत रायमाझी फेसबुकमैं लेख्छन् –
‘चेपाङ्गको घरमा होइन गोठमा
आगो लागेको हो । (बन मन्त्री शक्ति बस्नेत ।
बर्ग बदलिएपछी बस्नेत दाजुले
चेपाङ्गको घर कस्तो हुन्छ
भन्ने पनि कति छिट्टै भुलेछन बरि लै।।।’








