विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकी नेत्री उमा भुजेल ‘शिलु’ लाई प्रहरीले अदालतको आदेशमा रिहा भएलगत्तै दसौँपटक गिरफ्तार गरेको छ ।

शिलुका साथै सुमनसिंह पौडेल र मीनप्रसादसहित तीनजनालाई दशौंपटक गिरफ्तार गरेको हो ।

उनीहरूलाई सरकारी वकिलको कार्यालयमार्फत प्रहरीले सङ्गठित अपराध, आगजनी तथा विस्फोट, विस्फोटक पदार्थ सञ्चय तथा ओसारप्रसार र उस्तै प्रकृतिको विस्फोटक पदार्थ ओसारप्रसार, सञ्चय र प्रयोग मुद्दा लगाएको थियो ।

उमा भुजेल ‘शिलु’ लाई दसौं पटक गिरफ्तार गरी सुनसरी लगिएको भुजेलको पारिवारिक स्रोतले बताएको छ । सङ्खुवासभा जिल्लाको सदरमुकाम खाँदबारीमा जिल्ला स्तरका सबै सरकारी कार्यालय चैनपुरबाट स्थानान्तरण गरिएको भए पनि जनदबाबका कारण जिल्ला अदालत भने चैनपुरमै रहेको छ ।

अभियुक्त बनाइएका नेताहरूलाई जिप्रका खाँदबारी नलगी आइतबार चैनपुरमै राखिएको थियो । उमा भुजेलसँगै नेता पौडेललाई पनि सुनसरी लैजाने प्रहरीको तयारी भएको बुझिएको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार