दक्षिण कोरियामा अमेरिकाका २८ हजार पाँच सय सैनिक तैनाथ छन् । केही वर्ष यता दुई देशबीच मतभेद देखिएको छ ।

उत्तर कोरियालाई लिएर दुई देशबीचको अलग–अलग धारणा र सुरक्षा खर्चमा भागिदारीको विषयमा विवाद छ ।यो परिस्थितिमा दक्षिण कोरियाका लागि अमेरिकी राजदूत हेरिस थप विवादको कारक बने ।

उनले मनोमानी ढंगले काम गरेको आरोपमात्र नभएर उनको जुँगा पनि दक्षिण कोरियाली नागरिकको अपमान गर्ने खालको भएको भन्दै बहस नै सुरु भयो ।

गत जनवरीमा उनको जुँगाको मुद्दा अझ बढी समवेदनशील अवस्थामा पुगेको थियो, जतिबेला कोरियाली प्रायद्वीपमा तनाव बढेको थियो ।

अमेरिकी नौसेनाको एडमिरलसमेत रहिसकेका हेरिसको जुँगालाई दक्षिण कोरियालीहरुले आफ्नो अपमानका रुपमा व्याख्या गर्दै आएका छन् । धेरैजसो कोरियालीले उनको जुँगा दक्षिण कोरियामा जापानी औपनिवेशकाललाई स्मरण गराउनेखालको मान्दछन् ।

उनीहरुको यस्तो तर्कमा राजदूत हेरिसको पृष्ठभूमि पनि एउटा कारण हो । उनी जापानी आमा र अमेरिकी पिताका सन्तान हुन् । उनका पिता अमेरिकी नौसेनाका अधिकारी थिए ।

सन् १९१० देखि १९४५ सम्म कोरियाली प्रायद्वीपमा शासन गरेको जापानलाई लिएर आज पनि दक्षिण कोरियाली समाजमा असन्तोष छ । जापानी औपनिवेशिक कालमा कोरियाली प्रायद्वीपमा शासन गर्ने आठवटै गभर्नर जनरलको जुँगा समान खालको थियो । राजदूत हेरिसको जुँगाको डिजाइन पनि ती आठ गभर्नर जनरलकै जस्तो भएको भन्दै दक्षिण कोरियालीले उनको जुँगा आफूहरुका लागि अपमानजनक भएको टिप्पणी गर्दै आएका थिए ।

जुलाइ २५ मा दक्षिण कोरियास्थित अमेरिकी दूतावासले आफ्नो ट्वीटरमा एउटा भिडियो क्लिप सार्वजनिक ग¥यो, जसमा राजदूत हेरिस सोलस्थित एउटा सैलुनमा गएर जुँगा खौरिएको दृष्य देखाइएको छ ।

भिडियोमा दक्षिण कोरियाली जनताको चित्त दुखेका कारण आफूले जुँगा खौरिनुपरेको सन्देश दिन खोजिएको छैन । राजदूत हेरिसले गर्मी र मास्क लगाउन असजिलो भएका कारण जुँगा खौरिन सैलुन आएको सन्देश प्रवाह गर्दै भिडियोमा जुँगा खौरिएको दृष्यसमेत देखाइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार