प्रचण्ड प्रधानमन्त्री भएको बेला नेपाली सेनाका लागि केही घण्टा सेनापति रहेका पूर्वरथी कुलबहादुर खड्काको निधन भएको छ । नेपाली सेनाका पूर्वरथी  खड्काको ६८ वर्षको उमेरमा निधन भएको हो ।

प्यान्क्रियाजको क्यान्सरबाट पीडित खड्काको मंगलबार थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २०६६ सालमा खड्कालाई प्रधान सेनापति नियुक्त गरे पनि तत्कालिन राष्ट्रपति डा. रामवरण यादवको हस्तक्षेपपछि उनले कार‍्यभार सम्हाल्न पाएका थिएनन् । सोही काण्डमा प्रचण्डले प्रधानमन्त्री पदबाटै राजीनामा दिएका थिए ।

खड्कालाई केही महिना पहिले क्यान्सर निदान भएको थियो । अस्पताल स्रोतका अनुसार स्वास्थ्य अवस्था बिग्रेपछि उनलाई गत बिहीबार अस्पताल भर्ना गरिएको थियो ।

खड्काले ३९ वर्षसम्म नेपाली सेनाका विभिन्न पदमा रहेर काम गरे । २०६६ सालमै सेनाबाट अवकाश पाएपछि उनी सामाजिक कामहरुमा सक्रिय थिए ।

खड्काको मंगलबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको एक छोरा र एक छोरी छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार