तपाईले दिएको सुझाव के थियो ? बुँदागत रूपमा भनिदिनुहोस् न ।

म अहिले भन्दिनँ । मैले उहाँलाई दिएको सुझाव उहाँले लागू गरिदिएको भए तपाईलाई थाहा भईहाल्थ्यो ।

तर पनि तपाईले दिएको सुझाव सञ्जीवनी बुटि थियो कि पार्टी एकताको लागि ?

सञ्जीवनी नै थियो, अर्कै ठाउँमा पुग्थ्यो । प्रचण्डको हिम्मत, साहसमा कमी आउँदैछ । यो दुःखदायी कुरा हो । त्यत्रो नेतृत्व गरेको, संविधान निर्माणमा अहम भूमिका खेलेको, वामगठबन्धन गरेर पार्टी एकता गरेको पुरुषमा आज त्यो हिम्मत घट्दै गईरहेको छ ।

त्यो कुरा तपाईले के.पी. शर्मा ओलीलाई भन्नुभएन ?

के.पी. शर्मा ओलीलाई पनि मैले केही सुझावहरू दिएको थिएँ । प्रचण्डले मैले दिएको सुझाव दिएको भए के.पी. ओलीले त्यो सुझाव प्रयोग गर्नुहुन्थ्यो । विश्वास थियो मलाई ।

तपाईले दिएको सुझाव के.पी. शर्मा ओलीले पनि मान्नुहुन्थ्यो यदि प्रचण्डले प्रयोग गर्नुहुन्थ्यो भने ?

प्रचण्डले त्यो कुरा पहल गरिदिनुभएको भए पार्टी त्यो ठाउँमा पुग्थ्यो । उहाँ त्यसमा सहमत पनि हुनुहुन्थ्यो ।

तपाईले दिएको सुझाव के हो ?

होइन, म अहिले बताउँदिन । त्यो सायद हिजोलाई ठुलो अवसर थियो । पार्टीलाई निकास दिनुपर्छ । पार्टीलाई अग्रगामी रूपमा अगाडि लैजानुपर्छ । नयाँ संविधान, संसद, पार्टी बन्यो, अब हामी पुरानै तरिकाले चलाइराखेका छौँ, कसरी चल्छ ? नयाँ तरिका, विधि अपनाउनुपर्छ । नयाँ नीति, कार्यशैली चाहियो । हाम्रो समाजवादी कार्यदिशा छ । आचरण, कार्यशैलीमा बदलाव चाहियो । हिजोको नेताको तौरतरिका र आजका नेताका तौरतरिका एउटै छ । संविधान नयाँ बनेपछि तौरतरिका पनि बदलेको छैन । कुरा समाजवादको गर्ने, संविधान समाजवादी बनायौँ भनेर गर्व गर्ने अनि त्यसलाई कार्यान्वयन गर्न आफुमा बदलाव चाहिँदैन ? त्यो कुरा उहाँहरूले गर्न सकिरहनु भएको छैन । त्यसैले राष्ट्र संकटमा परिरहेको छ ।

होइन राष्ट्र संकटमा परिरहेको छ । त्यसमा तपाईहरूले पनि पहल गरिरहनु भएको छ । तपाईले दिएको प्रस्ताव के हो त प्रचण्डलाई ?

म पछि समय आएपछि भनौँला । म अहिले भन्दिनँ । हिजो उचित अवसर पनि थियो । साथीहरूको साथ पनि थियो । उहाँले म गर्छु भन्नुभएको थियो, त्यो बेलामा ।

कतिजना हुनुहुन्थ्यो त्यतिखेर ?

स्थायी कमिटिकमा पन्ध्र/सोह्र जना साथीहरू हुनुहुन्थ्यो । म अन्तिममा हरिबोल जीले दिएको अस्त्र प्रयोग गर्छु भनेर भन्नुभयो उहाँले । आफ्नो कुरा प्रस्ट रूपमा राख्न सक्ने हरिबोल गजुरेल भनेर उहाँले भन्नुभयो तर त्यो ठाउँबाट फेरि उहाँ १८० डिग्रीमा फर्कनुभयो । स्थायी समितिमा बोलेको कुरा पछि १८० डिग्रीमा फर्कने भनेको कुरा त दुःखदायी कुरा हो नि ।

प्रचण्ड यसरी किन युटर्न हुनुभयो तपाईको कुरा नमानेर ?

मलाई पनि त्यही अचम्म लाग्छ । प्रचण्डको निर्णय गर्नसक्ने क्षमतामाथि नै प्रश्न चिह्न खडा भएको छ ।

माधव कुमार नेपालको दबाबमा पर्नुभयो कि उहाँ ?

खोइ कसको दबाबमा पर्नुभयो । म पनि अचम्ममा परे । त्यत्रो स्थायी समितिको बीचमा म गर्छु भनेको कुरा पनि गर्नुभएन ।
तपाईले स्थायी समितिमा भएको कुरा १, २, ३ गरी बुँदागत रूपमा बताइदिनुहोस् न ?
कैयौँ कुरा अहिले बोलिदिँदा त्यो राम्रो पर्दैन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार