तर, यसले पूर्वमाओवादीका सबै सदस्यहरु प्रचण्डसँग रहेनन् भन्ने सन्देश त गयो नि ?

होइन, हामी अहिले प्रचण्डकै साथमा रहनुपर्छ भन्ने रहेन । हामी त नेकपाको साथमा रहने हो । हामी पूर्वसमूहकै आधारमा प्रचण्डकै साथमा, ओलीकै साथमा वा माधव नेपालकै साथमा बस्ने हो भने यसले नयाँ कम्युनिस्ट पार्टीको आधार बनाउन सक्दैन । त्यसरी पूर्वसमूह र पूर्वगुट समातेर बस्दा गलत हुन्छ भन्ने हाम्रो निष्कर्ष हो ।

प्रचण्डसँग तपाईं लामो सहकार्यमा रहनुभयो, उहाँले यसपटक चालेको स्टेपमा किन साथ दिनुभएन ? उहाँको पछिल्लो स्टेपप्रति तपाईंहरुको असन्तुष्टि हो ?

कमरेड प्रचण्डले जुन स्टेप चाल्नुभयो, यो पार्टी एकताको सन्दर्भमा र पछिल्लो चरणमा दुईटा अध्यक्षको बीचको द्वन्द्व व्यवस्थापनको सन्दर्भमा उहाँका स्टेपहरु एकतावादी भएनन् । उहाँका स्टेप एकताको पक्षधर र कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउने खालका भएनन् ।

कमरेड प्रचण्डको स्टेप पावर शेयरिङ गर्नेतर्फ मात्र भयो । उहाँले हामीले भनेको पनि धेरै सल्लाह मान्नुभएन । उहाँलाई हामीले भनेका थियौं– तपाईं समीकरणमा नजानुस् । तपाईंको झगडा परे पनि, एकता भए पनि कमरेड केपी ओलीसँगै हो ।

हामीले प्रचण्डलाई भनेका हौं– तपाईं दुईटा प्राधिकार नेता हो र हाम्रो प्रिन्सिपलले पनि दुईटै नेताको सहमति र सहकार्यलाई नै पार्टी एकताको सिद्धान्त मानेको छ । अभ्यास पनि त्यही भएकाले केपी ओलीसँगै मिल्नुस् भनेर हामीले भनेको हो ।

तर, उहाँको बढी जोड के रह्यो भने एउटा समीकरण बनाएर पावरमा पुग्ने खालको बढी अभ्यास भयो भन्ने हाम्रो विश्लेषण हो । त्यसकारण प्रचण्डसँग हाम्रो नमिलेको भनेको पार्टी एकता कसरी सम्पन्न गर्ने भन्नेमा उहाँ र हाम्रोबीच बिचार मिलेन ।

अनलाइनखबरसँग गरेको कुराकानीको सानो अंश ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार