तपाईंहरुले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा किन माग्नुभएको? व्यक्तिगत पूर्वाग्रह त होइन?

यो हाम्रो असन्तुष्टि मात्र होइन। तीन तहको सरकारमा हाम्रो पार्टी छ। यति बेला कसैलाई पनि फुर्सद नभई विकास निर्माण लाग्नुपर्ने हो। तर यति बेला सरकार ठप्पै छ। कोरोना महामारीले सरकारले प्रभावकारी भूमिका खेल्न सकेन, उल्टो भ्रष्टाचारमा डुब्यो, बाढी पहिरो गएको ठाउँमा सरकारको उपस्थिति कमजोर छ।

सरकारले सुशासन दिन सकेन, जनताको दुःख कष्टबारे हेर्न सकेको छैन। पार्टीका गतिविधि त ठप्पै अवस्थामा छ। तर पार्टी एकीकरण भएपछि दुई वर्षको अवधिमा केही पनि भएन। विधानमा तोकिएका विषय तत् रुपमा हुनुपर्नेमा केही पनि भएन, एकीकरणको प्रक्रिया अबरुद्ध भयो।

स्थायी कमिटीको बैठक उहाँले बोलाउनुभएको होइन, हामी २० जनाले हस्ताक्षर गरेर बुझाएपछि बल्लबल्ल बोलाउनुभएको हो। बैठकका एजेण्डा राम्रै थिए छलफल नै भएन। उहाँकै आपत्ति जनक अभिव्यक्तिपछि हामी राजीनामा माग्ने अवस्थामा पुगेका हौं जसले एजेण्डा मोडिएर तनाव सुरु भयो।

उहाँले बैठकमा उठेका कुराको जवाफ बाहिर दिँदै हिँड्ने होइन, बैठकमै आएर छलफल गर्ने हो। तर उहाँले त अर्का अध्यक्षले असहमति जनाउँदा जनाउँदै अनिश्चित समयका लागि बैठक स्थगित गर्नुभयो।

तर पनि हामीले बैठक राखेर अध्यक्षको निर्णय अनुचित भएको ठहर गरौं। अध्यक्ष प्रचण्डलाई छलफल गरेर अर्को बैठक राख्न आग्रह गरेका छौं। उहाँले आएर बैठकमा बसेको भए यति लामो समय तनाव हुने थिएन।

उहाँलाई पार्टीको कुनै मतलब भएन, एकलौटी स्वेच्छाचारी ढंगले चल्न मा मात्र खोज्नुभएको छ। अहिलेसम्म यस्तो व्यवहार र शैली भएको नेता देखेको छैन। उहाँले कम्युनिष्ट आचरण, व्यवहार सबै त्यागिसक्नुभएको छ।

आइतबारको बैठकमा तपाईंहरु ३१ जना उपस्थिति भएपछि निर्णय गर्न किन नसकेको? बहुमत र विधिको निर्णय मान्नुपर्छ भन्दै आए पनि निर्णय गर्न त सक्नुभएन?

हामीसँग बहुमत छ तर दम्भ राखेका छैनौं। छलफल गर्दै जाँदा सहमति भएन भने निचोड निकालने विधि त्यही हो। तर हामी सर्वसहमति चाहन्छौं।

पार्टीलाई जोगाएर लिएर जान्छौं। अलिकति पनि फुटको संकेत आउनु हुँदैन भनेर हामीले संयमता अपनाएकै हो। पार्टीको विधि, प्रक्रिया र आर्दशबाट हामी चलेका छौं। हामीले विधान उल्लंघन गरेका छैनौं।

नैतिक धरातललाई बिर्सिएका छैनौं। यसैलाई अध्यक्ष केपी कमरेडले कमजोरी ठान्नुभयो। बहुमतको संयमता र जवाफदेहीतालाई उहाँले कमजोरी ठान्नुभएको छ। त्यसैमाथि खेलेर उहाँले चुनौती दिइरहनुभएको छ।

देशसंचार अनलाइनसँगको कुराकानीको छोटो अंश ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार