सत्ताधारी नेकपाका दोस्रा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री एवं अध्यक्ष ओलीले नेकपा फुटाउने प्रयास गर्दै आएको गंभीर आरोप लगाएका छन् ।

‘बैठक चलिरहेको छ । ल अब संसद भंग गर्ने रे, संकटकाल लगाउने रे, झण्डै-झण्डै फाइनल हुन लाग्यो है ! भने जस्तो सूचना आउँछ । अनि हामी पो डराएर छल्दै हिड्नु परेको छ’ उनले भने, ‘गल्ती उहाँले गर्नु भएको छ । तर हामी पो डराएर दिनदिनै बालुवाटार गएर ‘लौ न प्रभु ! दुर्घटना त गरिदिनु भएन’ भनेको जस्तो गर्नुपर्ने बडो विडम्बनाको अवस्था पार्टीमा देखिएको छ ।’

अघि भने, ‘किनकी मध्यावधिमा गयो भने कता जान्छ कता ? अन्धकारको सुरुङमा पस्छौं ।’

यद्यपि पार्टीलाई फुटबाट जोगाउन निरन्तर प्रयास गरेकाले फुटिहाल्छ भन्ने पनि नरहेको बताए । पार्टी फुट्न नदिने र प्रधानमन्त्री एवम् अर्का अध्यक्ष ओलीको कार्यशैली र प्रवृत्तिमा पनि सुधार ल्याउने उपायको खोजी भइरहेको उनले बताए ।

प्रचण्डले बिहीबार पार्टी महासचिव विष्णु पौडेललाई बोलाएर निकास दिने तत्परतासहित गम्भीर छलफलमा बस्ने प्रस्ताव अर्का अध्यक्षसम्म पुर्‍याउन पठाएका थिए । ‘म केही पनि गर्दिनँ, पार्टी र सरकार यसरी नै चल्छ भन्ने ठाउँबाट निकास दिन अर्का अध्यक्ष (केपी ओली) तयार हुनुपर्ने प्रचण्डको प्रस्ताव थियो ।

त्यसमा ओली सकारात्मक देखिएनन् । स्रोतका अनुसार विकल्पमा प्रचण्डले विधिमा सहमति गर्ने प्रस्ताव राखेका छन् । यसो गर्दा सहमति भए सहमतिको, नभए आ-आफ्नो मत लिएर दुबै अध्यक्ष पार्टी केन्द्रीय कमिटीमा जाने र बहुमतले पास गर्ने । त्यसपछि महाधिवेशनमा जाने प्रचण्डको प्रस्ताव छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार