
पिपुल्स पार्टीका अध्यक्ष एवं चिनियाँ जानकार दिनेश खनालले नेपालका सत्ताधारी कम्युनिस्टहरु वास्तविक कम्युनिस्टहरु नभएको चिनियाँहरुको धारणा रहेको बताएका छन् ।
झण्डैं १५ वर्ष चीन बसेर चिनियाँ विशेषज्ञको रुपमा आफ्नो पहिचान बनाएका खनालले नेपालका कम्युनिस्टहरु कमाउनिस्ट रहेको गंभीर आरोप लगाए ।
जनपाटी अनलाइन टिभीसँगको कुराकानीमा खनालले चिनियाँहरु नेपालका सत्ताधारी कम्युनिस्टहरुको घिनलाग्दो राजनीतिबाट असन्तुष्ट रहेको समेत खुलासा गरे ।
सत्ताधारी नेकपाका अध्यक्ष केपी शर्मा ओली जो प्रधानमन्त्री समेत रहेका छन्, उनले एमसीसी पारित गर्न जुन हर्कत गरे यसबाट चिनियाँहरु क्रुद्ध भएको खनालको भनाई छ ।
एक अर्को प्रसँगमा चिनियाँ जानकार खनालले सत्ताधारी नेकपाले विप्लव नेतृत्वको नेकपामाथि लगाइएको प्रतिबन्धबाट चिनियाँहरु अचम्मित भएको बताए ।
‘एउटा कम्युनिस्ट पार्टीको सरकारले अर्को कम्युनिस्ट पार्टीलाई प्रतिवन्ध लगाउने कुरा गलत भएको चिनियाँहरुको धारणा छ ।’ खनालले भने, ‘सत्ताधारी नेकपाले जिम्मेबार भएर विप्लव नेकपासँग वार्ता गरेर समाधान निकाल्नुपर्छ भन्ने चिनियाँहरुको धारणा छ ।’
स्मरणरहोस् एक वर्षअघि कम्युनिस्टहरुको अन्तराष्टिय संगठन आइकोरकी अध्यक्ष नेपाल आएको बेला केपी ओलीलाई विप्लव नेकपामाथिको प्रतिवन्ध हटाउन अनुरोध गरेकी थिइन् ।
जो केपी ओली नेतृत्वको सत्ताधारी नेकपा पनि त्यही आइकोरको सदस्य रहेको छ ।
भिडियो-







