
– हामीले खोजेको प्रणालीको स्थिरताको हो, व्यक्तिको स्थिरताले निरङ्कुशतालाई निम्तो दिन्छ ।
– प्रधानमन्त्री केपी ओलीले ‘म भारतविरोधी देशभक्त हुँ, सरकारको राजीनामा माग गर्नेहरू भारतीय एजेन्ट हुन्’ भन्ने भाष्य र तथ्य स्थापित गर्न खोज्नुभयो ।
– शीर्ष नेताहरूको ‘वान टु वान’ वार्ता, संवाद, लेनदेन, सहमति, केही अवाञ्छित दलाल पुँजीपति, बिचौलियाहरूलाई साक्षी राखेर, राष्ट्रपति कार्यालय, शीतवनिवासलाई मुछ्दै आएर स्थायी कमिटीलाई अनिर्णयको बन्दी बनाउनुभयो, बैठक नै नबस्ने तहमा पुर्याउनुभयो, त्यसले हामीलाई क्षुब्ध र मर्माहत दुवै बनाएको छ ।
– हामीले पार्टीलाई छलफल, संवादहीनताको अवस्थामा राख्ने र फरक-फरक बाटोबाट काम गर्न लाग्यौं भने प्राविधिक रूपमा एउटै भए पनि पार्टी एक रहँदैन ।
– अध्यक्ष/प्रधानमन्त्री केपी ओलीलाई पार्टीचाहिँ चाहिएको छ, त्योजस्तो भए पनि हुन्छ । त्यही मदन भण्डारी फाउन्डेसनलाई बनाए पनि भयो । तर, उहाँलाई कम्युनिस्ट पार्टीचाहिँ चाहिएको छैन ।
– पार्टी एकताताक जनताको बहुदलीय जनवादले एक प्रकारले भ्यासेक्टोमी (बन्ध्याकरण) गर्नुभयो । अहिले वंशजमा उत्तराधिकारी खोज्दै हिँड्नुभएको छ ।
– हिजो कुन उद्देश्यले पार्टी एकता गर्नुभयो ? कुन उद्देश्यले एकता बचाउन भूमिका नखेलेर विभाजन गर्न डमी पार्टी दर्ता गर्दै हुनुहुन्छ ? जवाफ केपी ओलीले दिनुपर्छ ।
– समय घर्काएर कमिटी प्रणालीलाई नमान्ने, निर्णयलाई नमान्ने, स्थायी कमिटी सदस्यहरूलाई हुल्लडबाज भन्ने, केन्द्रीय कमिटीलाई केही होइन भन्ने, सचिवालयका ९ जना मानिसका टाउका गनेर, लेनदेन गरेर बहुमत सिद्ध गर्न प्रयास गर्ने, बहुमत सिद्ध गर्नुपर्ने स्थायी कमिटी र केन्द्रीय कमिटीमा नआएर दम्भ पालेर उहाँ एक्लै हिँड्नुहुन्छ भने अझै सत्यनाश हुने हो ।
– अहिले नेकपा भन्ने पार्टी पनि छ भनेर देखाउन बिहान, बिहान सडकमा कुचो लिएर निस्कनुपर्ने अवस्था छ ।
– केपी ओली र प्रचण्डको लेनादेनाले समाधान दिँदैन ।
– पार्टी, संसदलाई छलेर ढाँटेर प्रधानमन्त्री ओली फरक बाटो हिँड्न खोजिरहनुभएको छ ।
बाह्रखरी अनलाइनसँगको कुराकानीको सम्पादित तथा छोटो अंश ।







