भ्रष्टाचारमा मुछिएपछि स्पेनका पूर्व राजा जुआ कार्लोसले देश छाडेका छन् । उनी कुन देश पुगे नबताइएपनि देश छाडिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

स्पेनलाई अधिनायकवादबाट प्रजातन्त्रसम्म कुशलतापूर्वक डोर्याएका ८२ वर्षे कार्लोसले देश छाड्न लागेको जानकारी स्पेनकै राजदरबारले दिएको बीबीसीले जनाएको छ ।

यसअघि ८२ वर्षीय पूर्व राजाले देश छाड्ने निर्णय गरेको स्पेनको राजदरबारले जनाएको थियो । पूर्व राजा कार्लोसले आफ्ना छोरा राजा फेलिपलाई चिठ्ठी लेखी देश छाड्ने निर्णय गरेको खुसाला भएको थियो ।

भ्रष्टाचारमा नातेदार मुछिई विवादमा आएपछि कार्लोसले फिलिपलाई छ वर्ष अघि सत्ता हस्तान्तरण गरेका थिए ।पूर्व राजा कार्लोसले आफूलाई लागेका आरोपबारे केही सोधपुछ गर्नु परेमा आफू उपलब्ध हुने पनि बताएको समाचारमा उल्लेख छ ।

साउदी अरेबियामा एउटा हाइस्पीड रेलको ठेक्कामा कार्लोसको संलग्नताबारे अनुसन्धान भइरहेको छ । स्पेनमा करिब ४० वर्ष राज गरेका कार्लोसले सन् २०१४ मा गद्दी त्यागेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार