बाबुराम भट्टराईको तत्कालीन नयाँ शक्ति पार्टीका तर्फबाट गोरखाको पालुङटार नगरपालिका–४ का वडाअध्यक्ष ठाकुरकान्त रानाभाट बलात्कार आरोपमा पक्राउ परेका छन् ।

रानाभाटलाई प्रहरीले सोमबार साँझ उनकैं निवासबाट पक्राउ गरेको हो हो । १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उजुरी परेपछि रानाभाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी सुरेन्द्र गुरुङले पुष्टि गरे ।

एसपी गुरुङका अनुसार पीडित बालिका र बालिकको आमाले दिएको उजुरीको आधारमा रानाभाटलाई पक्राउ गरिएको हो । रानाभाटलाई हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको एसपी गुरुङले बताए ।

रानाभाट तत्कालिन नयाँ शक्तिबाट वडाअध्यक्षमा निर्वाचित भएका थिए  ।

उनलाई हाल तत्काल कार्वाही गरेको जनता समाजवादी पार्टीले एक विज्ञेप्तीबाट जानकारी गराएको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार