सत्ताधारी नेकपालाई पनि योपटक मनोजसहितको समूहले व्यङ्ग्य कस्न बिर्सिएको छैन ।

सत्ताधारी नेकपाको दुईतिहाइको एयरलाइन्सको सरकारको क्याप्टेनका रूपमा मनोज र सीताराम कट्टेल (धुर्मुस) ले व्यङ्ग्य कसेका छन् । एयर होस्टेसका रूपमा कुञ्जना घिमिरे (सुन्तली) छिन् । एभिएसन म्युजियममा गएर छायांकन गरेका छन् ।

चार वर्षअगाडि शीर्ष नेताहरूलाई अगाडि राखेर मनोज र धुर्मुुसले तत्कालीन माओवादी र एमालेलाई अथवा ठूला पार्टीलाई गाईजात्रामै मिल्न दबाबसहितको व्यङ्य गरेका थिए ।

नभन्दै दुई ठूला दल माओवादी र एमाले मिले । चुनावमार्फत ठूलो दल बने । संसदमा दुईतिहाइ पुर्याउन सक्ने भए ।

तर त्यसको उपलब्धि जनतालाई के ? ठूला दल मिलेपछि जुन अपेक्षा उनीहरूबाट जनताले गरेका थिए । त्यो न पूरा हुन सक्यो न त्यो छाँटै देखाए । उल्टै दलमा रडाको मच्चिएको छ । यो गतिविधिले जनतामा निराशा छायो ।

त्यसैले मनोज र सीताराम यो गाईजात्रामा भन्दै छन्– ‘तपाईंहरू अब डेट एक्सपायर भइसक्नुभयो । राजनीतिबाट स्वेच्छिक अवकाश लिनुस् । दुर्घटनाको खतरा बढ्यो नेतृत्व सम्हाल्ने जिम्मा युवालाई दिनुस् । हजुरबुवा पुस्ताले नाति पुस्ताको भवना समेट्न सक्दैन ।’

यसमा मनोज प्रचण्डको र सीताराम केपी ओलीको नक्कलमा छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार