झट्ट पढ्दा विश्वास नलाग्न सक्छ कि जनयुद्धका सामग्रीमा पनि तत्कालीन एमालेको हक लाग्छ । तर पार्टी एकता भएपछि त हुनुपर्ने त्यही नै हो । आपसका उपलब्धिमा पनि भाग लाग्नु । उपलब्धिको रक्षा गर्नु ।

तर त्यस्तो कतै पाइँदैन । तत्कालीन सशस्त्र द्धन्द्धमा होमिएको नेकपा माओवादी केन्द्रले एकल प्रयासमै द्धन्द्धका उपलब्धिलाई संरक्षित गर्दैछ । यसमा एमालेले केही सघाउने कुरै भएन ।

तस्वीरमा रोल्पाको त्रिवेणी गाउँपालिका तिलास्थित इतिहास बोकेको पहिलो जनयुद्ध स्मृति राष्ट्रिय सङ्ग्रहालयको मूल प्रवेशद्धारलाई सजाइएको देख्न सकिन्छ ।

मोफसलमा यो सङ्ग्रहालय सिंगारिँदै गर्दा केन्द्रमा एमाले–माओवादीबीच ठूलो फाटो पर्दै गएको छ ।

विशेषगरी एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड (हाल दुवै नेकपाका अध्यक्षद्धय) बीच । असमझदारी बढ्दै गएपछि प्रचण्ड ओलीलाई पार्टी र सरकारको नेतृत्व छाड्न दवाव दिइरहेका छन् । ओली हिम्मत भए हटाउन चेतावनी दिइरहेका छन् ।

सहमतिको प्रयास गर्न खोजिरहने तर सहमति नगर्ने बानीका कारण ओलीले घुर्की हानिरहेका छन् । प्रचण्ड बिन्ती बिसाउन प्रधानमन्त्री निवास बालुवाटार धाइरहेका छन् ।

यसकै नतिजाले होला नेकपा फुट नजिक पुगेको छ । गुट बलियो भएको छ । हुँदाहुँदा ओलीले प्रचण्डसंग भेट्न पनि अनिच्छुक देखिन थालेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार