कोरोना महामारीका बीचमा पनि मेडिकल कलेजका मालिकहरुले विद्यार्थी र अभिभावकसँग पैसा मागेर धम्की दिएकोप्रति चिकित्सा शिक्षा सङ्घर्ष समितिले यस्तो हर्कत रोक्न मेडिकल कलेजका मालिकहरुलाई चेतावनीस्वप त्यस्ता हर्कत रोक्न अनुरोध गरेको छ ।

चिकित्सा शिक्षा सङ्घर्ष समितिका संयोजक प्रकाश चन्द र प्रवक्ता नरेश भट्टले सङ्र्ष समिति र चितवन मेडिकल कलेजका सम्पूर्ण विद्यार्थी तथा काठमाडौँ विश्वविद्यालय परिवारका तर्फबाट विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिइएको छ ।

चन्द र भट्टद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ-

‘यस महामारीको विषम परिस्थितिमा पनि मेडिकल कलेजका माफियाहरूले अनावश्यक ढङ्गले विभिन्न शुल्कहरू (बेड शुल्क, ल्याब शुल्क, ओ.पी.डी. शुल्क) चरम रूपमा बढाएको तर अस्पतालमा कार्यरत कर्मचारीलाई कुनै सेवा, तलब, भत्तामा वृद्धि नगरेको साथै कोरोना सङ्क्रमित बिरामी अस्पतालमा आउँदा अन्य बिरामीको सङ्ख्या घट्ने र भनेजति पैसा कमाउन नपाउने भन्ने मनस्थितिले गर्दा कोरोना सङ्क्रमित बिरामीले केही मेडिकल कलेजमा मृत्युवरण गर्नुपरेको घटना हाम्रो अगाडि छ, मेडिकल कलेजको यस्तो अमानवीय र घृणित ब्यवहारप्रति राज्यको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं । मेडिकल कलेजका मालिकहरूले यस्तो आर्थिक जटिल परिस्थितिमा विद्यार्थीहरू र अभिभावकहरूलाई फोन गरी पैसा माग्ने र धम्की दिनेजस्ता घृणित कार्यप्रति हाम्रो सङ्घर्ष समितिको गम्भीर ध्यानाकर्षण भएको छ । प्रथमतः सबै विद्यार्थी, सङ्काय र वर्षका विद्यार्थीहरूको अतिरिक्त शुल्क समायोजन गरेको विषयलाई सूचना वा सम्झौतामार्फत जानकारी गराई चोरी गरेजसरी हैन, नैतिकतासहित विश्वविद्यालय वा डिनको कार्यालयले तोकेको आधिकारिक शुल्क बुझाउनका निम्ति अनुरोध गर्नका लागि अपिल गर्दछौँ ।’

विज्ञप्तिकाे पूर्णपाठ…

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार