
सत्ताधारी नेकपामा प्रचण्ड नेपाल र खनाल समुहले बहुमतको आधारमा केपी ओलीलाई कार्वाही गर्ने भएको छ ।
दाहाल नेपाल समूहले अब एकलौटी रुपमा स्थायी कमिटीको बैठक डाक्ने र ओलीलाई दुवै पदबाट हटाउने बहुमतको निर्णय गर्ने तयारी थालेको छ ।
कतिसम्म भने ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरि कारबाही गरिने दाहाल नेपालको तयारी छ । स्थायी कमिटीमा आफ्नो समूहको बहुमत रहेको दाहाल नेपालको बुझाई छ ।
ओलीले पार्टी फुटाउनेगरि गतिविधि गरेकोले अब चुप लागेर नबस्ने दाहाल नेपाल समूहको रणनीति छ । त्यसैअनुसार उक्त समूहले अब स्थायी कमिटीको बैठक चाँडै डाक्ने र त्यही बैठकबाट ओलीलाई कारबाही गर्ने तयारी गरेको छ ।
ओलीले स्थायी कमिटीको बैठक कहिले बहिष्कार गर्ने त कहिले पन्ध्र मिनेट उपस्थित भएर छोड्ने गरेपछि प्रचण्ड नेपाल समुहले अब ओलीलाई सधैं काखी च्यापेर हिड्न नसक्ने बताएको छ ।







