
रुस कोरोनाभाइरसविरुद्ध पूर्ण प्रभावकारी भ्याक्सिन दर्ता गर्ने पहिलो देश बन्ने भएकाे छ । रुसले बनाएकाे कोरोना भ्याक्सिनले ४ दिनपछि स्वीकृति पाउने भएको हाे ।
रुसका सहायक स्वास्थ्य मन्त्री ओलेग ग्रिडनेभले कोभिड–१९ विरुद्धको भ्याक्सिन अगष्ट १२ मा आम सर्वसाधारणको प्रयोगको लागि दर्ता हुन लागेको पुष्टि गरे ।
यससँगै रुस कोरोनाभाइरसविरुद्ध पूर्ण प्रभावकारी भ्याक्सिन दर्ता गर्ने पहिलो देश बन्ने निश्चित भएको छ ।
रुसका सहायक स्वास्थ्य मन्त्री ओलेग ग्रिडनेभका अनुसार यो भ्याक्सिन सरकारी स्वामित्वको गेमालेया इन्स्टिच्युट र रुसको रक्षा मन्त्रालयले संयुक्त रुपमा विकास गरेका हुन् ।
रुसका स्वास्थय मन्त्री मिखाइल मुराश्कोले केही दिनअघि मात्र भ्याक्स्निको सबै क्लिनिकल ट्रायल पूरा भएको र भ्याक्सिनले उच्च दरको प्रभावकारिता देखाएको बताएका थिए ।
उनले अगष्टमै रुस सरकारले डाक्टरहरु र शिक्षकहरुलाई भ्याक्सिन दिइने र अक्टोबरमा देशव्यापी रुपमा खोप अभियान संचालन गरिने बताएका थिए ।







