हालसालै अमेरिकाले चीनलाई कमजोर पार्न उसले तीव्र गतिमा आक्रमण बढाएको छ । विशेष गरी केही वरिष्ठ अमेरिकी अधिकारीहरूले चीनमाथि आक्रमणमा ध्यान केन्द्रित गरेका छन् । जुन २४ देखि एक महिना पनि नबित्दै विदेश सचिव माइक पोम्पिओ, अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओ ब्रायन, संघीय ब्यूरो अनुसन्धान (एफबीआई)का निर्देशक क्रिस्टोफर व्रे र अटर्नी जनरल विलियम बारले चीनमाथि क्रमिक कठोर टिप्पणी गरेका छन् ।

पोम्पिओले ‘कम्युनिष्ट चीन र स्वतन्त्र संसारको भविष्य’ शीर्षकको टिप्पणीले चीनप्रति अमेरिकी नीतिलाई शीतयुद्धको आँखाबाट हेरे जसलाई धेरैले ‘आइरन कर्टेज स्पिच’ भनेर व्याख्या गरे । अरु तीनजनाले चीनलाई विचारधारा, जासूस र आर्थिक गतिविधिहरुको दृष्टिकोणबाट आरोप लगाए ।

अक्टोबर २०१८ को शुरुवात भन्दा अघि नै अमेरिकी उपराष्ट्रपति माइक पेन्सको चीन नीतिमा गरिएको भाषणलाई दुई देशहरू बीचको नयाँ शीतयुद्धको प्रस्तावनाको रूपमा लिइएको थियो । विगत वर्षमा ट्रम्पले चीन र विश्वलाई आफ्नो ठोस कार्यहरूद्वारा देखाए कि चीन–अमेरिका सम्बन्ध सुधार र स्थिर बनाउन कुनै चासो छैन ।

पोम्पिओ र अरूले चिनियाँ सरकार र चीनको कम्युनिष्ट पार्टीलाई आक्रमण गर्ने यो पहिलो पटक थिएन । तर यस पटक यी चार जनाले गरेको सबैभन्दा शैतानी आक्रमणको प्रकृति भिन्न छ । यो चीन विरोधी ‘ग्याङ अफ फोर’ ले किन चीनमा आक्रमण गर्न कुनै कसर बाँकी राखेन ?

मुख्य कारण ट्रम्पको दोस्रो पटकको चुनावको आवश्यकता पूरा गर्नु हो । अमेरिकामा ‘कोभिड– १९’ यस निर्वाचन वर्ष मा सबैभन्दा ठूलो ‘ब्ल्याक हंस’ घटना भएको छ । यसका लागि अमेरिकी तयारीको अभावले आर्थिक मन्दी बढेको छ, बेरोजगारी बढेको छ र जनतालाई ठूलो संकट भोग्नुप¥यो । महामारीमा ट्रम्पको असक्रियताले उनलाई सार्वजनिक आलोचनाको लक्ष्य बनाएको छ ।

यी यस्ता घटनाका बावजुद भाइरस अझै फैलिरहेको छ र आर्थिक सुधारको लागि छोटो अवधिको सम्भावना सकिएको छ । यस्तोबेला ट्रम्प शिविरले आफ्नो आक्रमणको तीर चीनतिर सोझ्एको छ । उनीहरू विश्वास गर्छन् कि चीन कार्ड खेल्दा उनीहरूले घरेलु कलह र ध्यान हटाउन सक्छन् । उनीहरू सोच्दछन् कि यसले प्रमुख मतदाताको समर्थन जुटाउन मद्दत गर्दछ । यसकारण पनि चीन विरोधी ‘ग्याङ अफ फोर’ले ट्रम्पको चुनावी योजना विश्वासपूर्वक कार्यान्वयन गर्दैछ । चुनावी दिन नजिकिंदै जाँदा चीनमा उनीहरूको आक्रमण बढेको छ ।

चीन विरोधी ‘ग्याङ अफ फोर“ को राजनीतिक हेरफेरले अमेरिकामा शक्तिशाली परम्परावादी आवाज प्रतिनिधित्व गर्दछ । त्यस्ता शक्तिहरूले चीनलाई अमेरिकाको विश्व नेतृत्वको लागि खतरनाक विपक्षीको रूपमा लिन्छन् । उनीहरूले सबै समस्याहरूलाई चीनको उदयले ल्याएका चुनौतिहरूका लागि जिम्मेवार ठान्दछन् र तर्क गर्दछन् कि विगतका सहयोगी संलग्नतामा गरिएको जोड असफल भएको छ । त्यसकारण चाँडो भन्दा चाँडो चीनसँग वैचारिक द्वन्द्वमा संलग्न हुन नयाँ नीति आवश्यक छ ।

विगत चार दशकहरूमा चीन–अमेरिका सम्बन्धमा धेरै आँधीबेहरी चल्यो तर तिनीहरूले सहजै पार गरे । यसको मूल कारण यो हो कि दुबै देशले विचारधाराको भिन्नता महसुस गरे पनि सांस्कृतिक मूल्य–मान्यताहरू द्विपक्षीय आदानप्रदान र सहयोगमा अवरोध भएन ।

अमेरिकाको ‘चीनसँगको सम्वन्धमा असफलता’ इतिहास वा वास्तविकता अस्थिर भएको छ । यो एक संकिर्ण नेताद्धारा चीन–अमेरिका सम्वन्धलाई टकरावतिर उन्मुख गराउन ल्याइएको एक नग्न कथा हो । पूर्व राष्ट्रपति जर्ज डब्ल्यू बुशले चीनको उदयलाई खतराको सट्टा ‘राम्रो अवसर’ भनेका थिए । बराक ओबामाले समृद्ध, शान्त र स्थिर चीनको उदयको स्वागत गरे। के यी सबै कथनहरू चीनको बारेमा पूर्ण झूटा हो ।

स्पष्टतः चीनविरोधी ‘ग्याङ अफ फोर’ को यस खतरनाक चक्रको उद्देश्य चीन–अमेरिका सम्बन्धलाई पूरै गडबडी गर्नु हो । यसले द्विपक्षीय सम्बन्धहरुलाई नयाँ शीतयुद्धमा पु¥याउन चाहन्छ । यो कदम अमेरिकी राष्ट्रिय हित अनुरूप छैन।

चिनियाँ कम्युनिस्ट पार्टीको न्युजपेपर ‘ग्लोबल टाइम्स’सँगको सहकार्यमा ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार