रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशले कोरोना भाइरस बिरुद्धको खोप तयार पारिरहेको बताएका छन् ।

उनका अनुसार रुसका वैज्ञानिकहरुले तयार पारिरहेको खोप  दुई महिनासम्म मानिसमा परीक्षण गरिएको थियो । उक्त  परीक्षणबाट सबै सुरक्षा मापदण्डहरू पूरा गरेको उनले दाबी गरेको बीबीसीले जनाएको छ ।

रसियाको स्वास्थ्य मन्त्रालयले पनि यो खोपलाई अनुमोदन गरेको छ । रसियामा यो खोप अब ठूलो मात्रामा व्यक्तिलाई दिन सुरु गरिने छ ।

यद्यपि रूसले कोरोना बिरुद्धको खोप निर्माणको अन्तिम चरणमा पुगेको दाबी गरिरहेका बेला अन्य देशहरुले भने यसमा चिन्ता व्यक्त गरिरहेका छन् । तर रसिया मात्रै खोप विकास गरिरहेको एक्लो देश भने होइन ।

एकसयभन्दा धेरै खोप सुरुआती चरणमा रहेका छन् भने २० भन्दा धेरै खोप मानिसमा परीक्षण भइरहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार