
ए नेता एता कि उता ?
देश लाग्यो कता कता
मुलुक बनाउने भन्थ्यौ
आफै बन्यौ देश त कता कता !
यता नाकाबन्दी उता माामाल
जनता छन् बेहाल
मुसा छोर दरबार
गरिबलाई खवरदार।
नाका बन्दी कालो बजारी
बाटो जामै जाम
कहिं नभएको जात्रा हाडिगाउँमा
यस्तो पनि कहीं हुन्छ म राम म राम
कमिशनको खेल मीठो बोली
जनतालाई भोलि भोलि
होइन भने तातो गोली
एक बर्ष भयो खै त भूकम्पपीडितलाई राहत
सरकारी खर्च नोट भए सालको पात
जनतालाई खानु छैन आहातै आहात।
मीठो मीठो सपना गठबन्धनको सरकार
बाडी चूडि आफै खाऊँ गठबन्धनको सरकार।
जोसंग छ उसैको छ राज
सयमा सय भोट गरिबाई चोट
चोर भए पनि डाँका भए पनि
छन त छ गठबन्दनको सरकार
यसमौे सत्ता टिकाउने
अरु हुन् बेकार ?
संबिधानमा गणतन्त्र गराइमा राजतन्त्र
छ मुखले छ थरि बोल्ने
यस्तो पनि हुन्छ लोकतन्त्र ?
केको राष्टियता लिपुलेकहरु ढलेपछि
छैन लोकतन्त्र मधेशमा
पिसाब खाएर मान्छे बाचेपछि,
बन्दैन देश अझै
सहिद बनेर नलडेपछि
एक धक्का फेरि दिनुपर्छ
जनतन्त्र नरहेपछि।







