सरकार, पार्टी जुटाउन फुटाउने काम बिचौलियाले गर्छन् रे। नीति निर्माणमा उनीहरूको हस्तक्षेप छ भन्ने सुनिन्छ। सबै काम बिचौलियाले गर्ने हो भने सरकार र प्रतिपक्षी दल किन चाहियो ?

राजनीतिमा बिचौलियासँग म आफू चलेको छैन, अर्काेले चलाएको छ भने ककसले सोच्छ मलाई थाहा छैन। तर म अरूद्वारा सञ्चालित र अरूका लागि काम गर्दिन्। चाहे त्यो देशभित्रको होस् या बाहिरको कुरा। बिचौलिया हुन् कि मझौलिया म वास्ता गर्दिन। यी निराधार कुरा हुन्। मेरो जीवन खुला किताब जस्तै छ। म सत्यविरुद्ध लड्दिन तर शक्तिसँग झुक्दिन।

प्रधानमन्त्रीले खुल्ला किताब भन्नुभयो। त्यो किताबको एउटा पानाचाहिँ आफ्ना लागि दण्ड दिनुभन्दा दण्डहीनतामा लिप्त छ प्रधानमन्त्री भन्ने आरोप छ नि ?

एउटा उदाहरण देखाइदिनुस् न ? के कुरामा दण्ड दिनुपर्ने अनि के कुरामा दण्डबाट जोगायो ?

त्यसो भए त्यस्तो केही छैन ?

केही पनि छैन। दण्ड पाउनुपर्ने दण्डित भएकै छन्। नपाउनुपर्नेले पाएका छैनन्।

किन यस्तो आरोप तपाईंमाथि लाग्छ ?

कसैलाई मेरो अनुहार मन नपरेर होला। सबैलाई सबैको अनुहार मन नपर्न सक्छ। नत्र तथ्यका आधारमा कुरा गरौं। म तपाईंको मिडियामार्फत् तपाईंको मान्छे मेरो पछाडि लगाउन आग्रह गर्छु। समाचार सिर्जना नगर्नुस्। भएको मात्र छाप्नुस्।

एपी वन टेलिभिजनका लागि भुषण दाहालसँग गरिएको कुराकानीको सानो अंश ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार