
मनमोहन अधिकारीबाट सुरु भएको नेपालका वामपन्थीहरुको सत्ता–यात्रा दशकमा प्रवेश गरेको छ । मनमोहनको ९ महिने सरकारपछि दुई पटक प्रचण्ड, दुई पटक ओली र एक एक पटक माधव नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराई प्रधानमन्त्री बनेको हिसाब गर्दा मुलुकले आठवटा ‘वाम’ प्रधानमन्त्री पाउने सौभाग्य प्राप्त गरेको रहेछ । ओलीजीको आजको दिनसम्मको शासन जोड्दा मुलुकमा वामपन्थीहरुले ३ हजार ४६७ दिन ‘राज’ गरे ।
यसलाई वर्षमा बदल्दा चानचुन एक दशक हुन आउँछ । एक दशकको समय एउटा व्यक्तिको र राष्ट्रको जीवनका लागि छोटो समय होइन । तर यतिका लामो शासनकालका बाबजुद राष्ट्रियता, जनतन्त्र, जनजीविका तथा सुशासनको कोणबाट हेर्दा एउटा पनि आशलाग्दो कम्युनिस्ट सरकारहरुबाट हुन सकेन । यही कुरा काँग्रेसको हकमा पनि सही हो । यहाँ काँग्रेसको पनि चर्चा नगरेर वामहरुको मात्र किन भन्ने प्रश्न उठ्न सक्छ । वामपन्थीहरुले जति सपनाहरु जनतामा बा“डे अरू कुनै पनि दलले बा“डेनन् । उनीहरुले जति राष्ट्रियताका कुरा गरे, अरू कसैले गरेनन् । वामपन्थीहरुले जति क्रान्तिका सपना अरू कुनै पनि दलले जनतालाई बा“डेनन् ।

लक्ष्मण पन्त
जनजीविकाको अवस्था दयनीय छ । संविधानले समाजवादको परिकल्पना गरेको छ । तर अर्थतन्त्र दलाल–पुँजीपतिहरुको कब्जामा छ । ‘सुखी नेपाली र समृद्ध नेपाल’ को आकर्षक नारा दिने कम्युनिस्ट सरकारलाई भारतमा बनेका टाटा गाडीहरु नेपाली जनतालाई बेचेर देशको अर्बौंको ढुकुटी रित्याएकोमा रत्तिभर पनि चिन्ता छैन । तर तिनै गाडी बेचेर कमाएको अकूत मुनाफाबाट केही रकम कर तिरे बापत् ‘सबैभन्दा ठूलो करदाता’ भनेर कम्युनिस्ट सरकारले दलालहरुलाई सम्मान गर्दछ । मुलुकभित्रै मोटरगाडीहरु निर्माण गर्नेतिर कहीँ–कतै चासो र योजना छैन । मुलुकभित्रै कृषि र उद्योेग आदिमा रोजगार उपलब्ध गराएर जनशक्ति पलायन रोक्ने कुनै ठोस नीति नेकपाको छैन । अझै दुर्भाग्य त यो भएको छ कि कम्युनिस्टको भनिएको नेकपाको सरकारले शिक्षा, स्वास्थ्य जस्ता आधारभूत मुद्दाहरु निजी क्षेत्रको (माफिया) जिम्मा लगाएर रमिते बनेर बसेको छ ।
नेकपा अब वैचारिक, राजनीतिक साङ्गठनिक आर्थिक र सांस्कृतिक कुनै पनि हिसाबले कम्युनिस्ट रहेन, केवल एउटा ब्रान्ड मात्र रहन गएको छ । जुन लक्ष्य उद्देश्य र मिसनका साथ नेकपाको स्थापना भएको थियो, त्यसको हत्या हुन पुगेको छ । यो अवस्थामा भन्नै पर्दछ कि जबज र जनताको जनवादका कुरा र कसाइले वेद पढ्ने (मासु व्यवसायीहरुप्रति क्षमाप्रार्थी छु भन्दै) कुरामा तात्विक अन्तर छैन । केन्द्रदेखि वडासम्म ठूलो पार्टी पङ्क्ति सरकारको केन्द्रदेखि वडासम्म सत्तामा छ । त्यसमध्येको ठूलो हिस्सा भ्रष्टाचारमा लिप्त छ । पार्टीको ‘दोस्रो पङ्क्ति’ कसरी ठेक्का पट्टा, नियुक्ति हत्याउन पाइन्छ भन्ने ध्याउन्नमा सत्तामा रहेकाहरुको चाकडीमा व्यस्त छ ।
पार्टीको अर्को एउटा पङ्क्ति छ जसलाई ‘ पङ्क्ति’ भन्न सकिन्छ । यस पङ्क्तिमा अत्यन्त सानो सङ्ख्यामा रहेका नेता–कार्यकर्ताहरु छन् जो अकर्मण्यता र निराशाले ग्रस्त छन् । यसरी नेकमा एउटा तीव्र गतिमा वैचारिक मात्र होइन साङ्गठनिक पतनको दिशामा उन्मुख छ ।
रातोपाटी अनलाइनमा लक्ष्मण पन्तको विचारको सानो अंश ।







