
अन्तराष्टिय लेखक तथा पत्रकार केन्द्रलेले प्राकृतिक प्रकोपहरु र वर्गीय शोषण तथा उत्पीडनबाट सदाका लागि विजय प्राप्तिका लागि विश्व मानव समुदाय वैज्ञानिक समाजवाद प्राप्तिको लडाइँमा लामबध्द हुन अपिल गरेको छ ।
अन्तराष्टिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हस्तबहादुर केसीले एक प्रेस विज्ञेप्ती जारी गर्दै कोभिड १९ नामको महामारी फैलिनुमा पुँजीवाद नै मुख्य कारण भएको बताउँदैं आजको निकास वैज्ञानिक समाजवाद मात्र भएको ठोकुवा गरेका छन् ।
विज्ञेप्तीको पूरा पाठ –
चीनको वुहानबाट पैदा भई विश्विव्यापी रुपमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस ( COVID – 19 ) को संक्रमण र महामारीबाट विश्व मानव जातिलाई बचाउन साम्राज्यवादमा गिरिसकेको पुँजीवाद र त्यसको मक्कि सकेको पुरानो संसदीय व्यवस्था असफलसिध्द भइसकेको छ । किनभने पुँजीवादीहरुको संसदीय व्यवस्था दलालहरुको सरकार सञ्चालन गर्ने शासन प्रणाली हो ।
यो व्यवस्था जनतालाई समस्या परेको बेला त्यसको समाधान गर्नतिर गंभीर बन्ने र जनतालाई माया गर्ने र अविभावकत्व प्रदान गर्नुको सट्टा रमिते बन्न पुग्दछ । आज यस पुँजीवादी व्यवस्थाको जनविरोधी रवैया र गैरजिम्मेवारपनाका कारण विश्वभर लाखौं मानिसहरु ज्यान गुमाउन बाध्ये भएका छन् र यो जोखिम यथावतै छ । यी परिघटनाहरुका कारण आज यस पुँजीवादी व्यवस्थाले जनतालाई माया र संरक्षण गर्न सक्तैैै भन्ने कुरा प्रमाणित भइसकेको छ ।
अहिले कोरोना भाइरस ( COVID – 19 ) जस्तो खतर्नाक महामारीबाट जनतालाई बचाउन र सुरक्षित राख्न हरसम्भव उपाय , श्रोत , साधन र क्षमता लगाउनुपर्ने बेला विश्व पुँजीवादी संसदीय व्यवस्था रमिते मात्र बन्न पुगेनकि जिम्मेवारीबाट समेत पन्छिएको छ । जसका कारण विश्व जनताले कोरोनाको जोखिमबाट सास्ती भोग्नु परेको छ ।
यस प्रकारको जटिल विश्व परिस्थितिमा कोरोना भाइरस ( COVID – 19 ) बाट विश्व मानव जातिले विजय प्राप्त गर्नका लागि हाम्रो विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा प्रत्रकारहरुको छाता संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र वैज्ञानिक समाजवाद एक मात्र विकल्प भएको ठहर गर्द्छ ।
त्यसैले प्राकृतिक प्रकोपहरु र वर्गीय शोषण तथा उत्पीडनबाट सदाका लागि विजय प्राप्तिका लागि विश्व मानव समुदाय वैज्ञानिक समाजवाद प्राप्तिको लडाइँमा लामबध्द हुनुको विकल्प छैन ।
क्रान्तिकारी अभिवादन सहित ।
मिति स् १४ अगष्त २०२०
( साउन २०७७)हस्तबहादुर केसी
अध्यक्ष
अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र
काठमाडौं , नेपाल







