सत्ताधारी नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले हिजो उपाध्यक्ष बामदेव गौतमलाई बालुवाटारमा बोलाएर सरकारमा बसेर काम गर्न आग्रह गरेका छन् ।

पार्टी र सरकारमा मिलेर काम गर्न ओलीले भनेपछि बामदेवले आफू कठिन जिम्मेवारी सम्हाल्न तयार रहेको बताएका थिए । गौतमलाई उपप्रधामन्त्रीसहित महत्वपूर्ण मन्त्रालय दिने ओलीको प्रस्ताव थियो ।

गौतमलाई राष्ट्रियसभामा मनोनित गरी ल्याउँदा सरकारमा जिम्मेवारी दिन मिल्ने वा नमिल्नेबारे समेत छलफल भएको थियो । त्यसका लागि ओलीले कानुन व्यवसायीसँग परामर्श थाल्ने भएका छन् ।

संविधानमा चुनाव हारेको व्यक्ति सरकारमा जान नमिल्ने व्यवस्था छ । प्रधानमन्त्री वा मन्त्री बन्न नपाउने व्यवस्था भएकाले गौतमलाई राष्ट्रियसभा सांसद बनाएर लान मिल्ने नमिल्नेबार रायसुझाव लिने भएका छन् । आफूलाई निकै अप्ठ्यारो समयमा गौतमले साथ दिएकाले ओलीले यसपटक गुन तिर्ने बताएका छन् ।

यसैगरी, प्रधामन्त्री ओलीले सचिवालय सदस्य नारायणकाजी श्रेष्ठलाई पनि उपप्रधानमन्त्रीसहित महत्वपूर्ण जीम्मेवारी दिने चाहना राखेका छन् । श्रेष्ठ पनि प्रतिनिधिसभा चुनावमा गोरखाबाट पराजित हुन् ।

उनी पछि राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए । श्रेष्ठको हकमा पनि बामदेवलाई जस्तै लागू हुन्छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार