
पूर्व मन्त्री तथा सत्तारुढ नेकपाका सांसद गोकुल प्रसाद बाँस्कोटाले पूर्व माओवादी नेता जनार्दन शर्मालाई दलालको संज्ञा दिएका छन् ।
सामाजिक संजाल ट्वीटरबाट बास्कोटाले यस्तो घुमाएर नेता शर्मालाई दलालको संज्ञा दिएका हुन् ।
मन्त्री छँदा निकै कर्कश शब्दबाँण प्रहार गर्ने बाँस्कोटाले अहिले भने नेकपाको आन्तरिक झमेलाका बारेमा फेसबुकमार्फत पार्टीका नेताहरुलाई प्रहार गरिरहेका छन् ।
उनले लेखेका छन्, ‘कर्कलाको पातको पानी जस्तो तर्कने, डुङगा पाईले चरित्र देखाउने प्रवृत्तिमा रमेर समय कटाउने, एकताबद्द पनि नहुने, हुन पनि नदिने, महाधिवेशन पनि हुदैन भन्ने रोईलो अब काम छैन। हुँदा हुँदा जनार्दन शर्मा पनि कम्प्राडर (दलाल) बनाईएछन।’
प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिने बाँस्कोटाले अहिले भने नेकपाका स्थायी समिती सदस्य जनार्दन शर्मालाई दलाल बनाइएकोप्रति आक्रोश ब्यक्त गरेका छन् ।








