सत्ताधारी नेकपामा लामो समयदेखि विवाद थाती लागेको समाचार सेलाउन नपाउँदैं पहिलो अध्यक्ष केपी ओली र दोस्रा पार्टी अध्यक्ष प्रचण्डबीच पुनः विवाद शुरु भएको छ ।

कार्यदलले पार्टीभित्र उत्पन्न गतिरोध चिर्न निकास खोजिरहेका बेला प्रधानमन्त्री ओलीले एकलौटी नियुक्ति गरेको भन्दै प्रचण्डले प्रश्न उठाएको सत्ताधारी नेकपाका एक नेताले जानकारी दिए ।

महासचिव विष्णु पौडेल संयोजक रहेको ६ सदस्यीय कार्यदल लगातार बैठक बसेर काम गरिरहेको छ । कार्यदल काम सकेपछि मात्रै दुई अध्यक्ष बसेर प्रस्ताव तयार पार्ने समझदारी भएको थियो । र, प्रधानमन्त्रीले पार्टीलाई नसोधी कुनै पनि निर्णय नलिने समझदारी समेत भएको थियो ।

त्यसविपरीत ओली एकलौटी अघि बढेको र पार्टीलाई नसोधी नियुक्ति, सिफारिस प्रक्रिया अघि बढाएको भन्दै प्रचण्ड क्षुब्ध बनेको एक नेताको दाबी छ ।मंगलबार बिहान ११ बजे प्रधानमन्त्री ओली र पार्टी अध्यक्ष प्रचण्डको भेटवार्ता भएको थियो ।

‘भेटमा अध्यक्ष प्रचण्डले हामी पार्टीभित्रको विवाद अन्त्यको उपाय खोजिरहेका छौं । कार्यदलले काम गरिरहेको छ । तर, तपार्ईं मन्त्रिपरिषद् बैठक राखेर धमाधम नियुक्ति गरिरहनुभएको छ ।’ पूर्वमाओवादी केन्द्र समूहका एक नेताले प्रचण्डको भनाई उदृत गर्दै भने, ‘यसले राम्रो सन्देश जाँदैन । सहमतिको वातावरण पनि बन्दैन । जे निर्णय गर्ने हो, पार्टी कमिटीमा छलफल गरेर गरौं । अन्यथा सहमति खोज्ने कुराको कुनै अर्थ छैन भनेर भन्नुभएको छ ।’

सत्ताधारी नेकपामा बारम्वार दोहरिरहने यस्तो विवादलाई धेरैंले सो पार्टी सिद्धान्त र सिस्टमको बाटोमा नहिँडेकोले यस्तो समस्या आएको बताउने गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार