प्रधानमन्त्री केपी ओली र संघीय संसदका सभामुख अग्नी सापकोटाबीच तीन महिनादेखि भेटघाट र टेलिफोन वार्ता नभएको विशेष सुत्रले बताएको छ ।

अमेरिकी सहयोग नियोक (एमसीसी) को विषयमा सत्तारुढ दल नेकपामा भएको विवादका कारण प्रधानमन्त्री ओलीले सल्लाहबिना संघीय संसदका अधिवेशन स्थगित गरिदिएपछि दुईबीच सम्बन्ध विग्रिएको बताइन्छ ।

स्रोतका अनुसार त्यसपछि उनीहरुबीच न टेलिफोन वार्ता भएको छ, न भेटघाट नै । गत असार १८ गते बसेको मन्त्रीपरिषद बैठकले संसद अधिवेशन स्थगित गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्ने निर्णय गरेको थियो । त्यसको केही बेरमै भण्डारीले अधिवेशन स्थगित भएको पत्र संसद सचिवालयलाई पठाएकी थिइन ।

सापकोटालाई सभामुख नबनाउने पक्षमा रहेका ओलीले अर्का अध्यक्ष प्रचण्डको दबाबमा बनाउन बाध्य भएका थिए । प्रचण्डले सापकोटाको पक्षमा अडान लिएपछि ओली बाध्य भएका थिए ।

पहिला तत्कालिन एमाले र माओवादी केन्द्रबीच भएको पद बाडफाडमा एमालेलाई प्रधानमन्त्री र माओवादी केन्द्रलाई सभामुख दिने सहमति भएको थियो । पूर्वमाओवादीले एमसीसीको विरोध गरेकाले प्रधानमन्त्री ओलीले तत्कालीन सभामुख कृष्णबहादुर महरालाई योजनाबद्ध फसाएको आरोप लगाउछन् भने

ओली र प्रचण्डबीचको सम्बन्ध विग्रिएपछि सभामुख र प्रधानमन्त्रीबीच पनि सम्बन्ध विग्रिएको नेकपा नेताहरुबीच चर्चा परिचर्चा हुने गरेको छ । सापकोटाले प्रचण्डको सल्लाहमा काम गरेको आरोप प्रधानमन्त्री ओली र उनी पक्षीय नेताहरुको छ ।

एमसीसी विवादका कारण उनीहरुबीच सम्बन्ध चिस्सिएको हो । सभामुख सापकोटा पनि एमसीसी पास गर्न नहुने पक्षमा छन् । अमेरिकाले एमसीसी पारित गर्न दबाब दिएपनि पार्टी भित्रको विरोध र सभामुख सापकोटाको असहयोगले ओली अप्ठ्यारोमा छन् ।

अमेरिकाले असार १६ भित्र त्यसलाई संसदबाट अनुमोदन गर्न समय सीमा दिएको थियो । तर सभामुख सापकोटाले समय सीमा सकिएको भोलिपल्ट अर्थात असार १७ गते मात्र संसदको बैठक बोलाएका थिए ।

एमसीसीकैं कारण जसरी पूर्व सभामुख कृष्णबहादुर महरालाई षडयन्त्र गरेर हुत्याइयो त्यसैगरी वर्तमान सभामुख सापकोटालाई पनि त्यसैगरी हुत्याउने षडयन्त्र हुन सक्ने विश्लेषकहरुको राय रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार