अविरल वर्षातको कारण विभिन्न ठाउँहरुमा बाढी पहिरोले क्षति गरिरहेको छ । रोल्पाको माडी गा.पा. वडा नं. ५ भाबाङका विभिन्न ठाउँहरुमा ८ घर पहिरोले भत्काइदिएको छ ।
मानवीय क्षेती नभएता पनि ६ जना घाइते भयका छन् भने ३८ वटा बाख्रा पहिरोमा पुरिएका छन् । कुनै घरको नामनिशान देख्न सकिदैन भने मकै बारिहरुसमेत पहिरोले बगाइदिएको छ ।
अझैपनि झन्डै दुई दर्जनभन्दा बढी घर जोखिममा रहेका छन्।अझै धेरै घरहरु पहिरोको कारण क्षेती हुन सक्ने देखिन्छ ।








