
सत्ताधारी नेकपाभित्र मन्त्रिमण्डल पुर्नगठनको तयारीसँग केपी ओलीको विरोध गर्नेहरु चुपचाप भएका छन् । कतिपयले ओलीलाई नचिढ्याउने बरु उनका निकटस्थसँग भेटेर मन्त्री बन्ने चाहना व्यक्त गर्न थालेका छन् । मन्त्री बन्ने लबिङ खुबै चलेको छ ।
यसपटक अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र माधवकुमार नेपालका अलावा उपाध्यक्ष बामदेव गौतमले समेत कोटा पाउने छन् । उनीहरुको कोटाबाट मन्त्री बन्दा पनि ओलीको समर्थन विना असम्भव हुन्छ । त्यसैले उनीहरु गुटमा मिलाएर ओलीको साथ पनि खोज्न लागिपरेका छन् ।
प्रचण्ड आफ्नो पक्षबाट मन्त्री भएका रामबहादुर थापा बादल र लेखराज भट्टको बर्हिगमन चाहिरहेका छन् । उनीहरुले अप्ठ्यारो पर्दा साथ नदिएको भन्दै प्रचण्डले आफ्नो कोटामा नपार्ने विश्वस्त स्रोतले जानकारी दिएको छ । बरु पम्फा भुषाललाई मन्त्री बनाउन प्रचण्ड तयार देखिएका छन् ।
माधव नेपालले योगेश भट्टराई र घनश्याम भुषाललाई साथ नदिने बुझिएको छ । दुवैले आफूलाई साथ नदिएको भन्दै अब मन्त्रीका लागि अन्य नाम लाने नेपालको तयारी छ । उनको कोटाबाट भीम रावल र सुरेन्द्र पाण्डेको सम्भावना बलियो छ । झलनाथ खनालले पनि सुरेन्द्र पाण्डेलाई बढाउने भएकाले उनको सम्भावना बलियो रहेको छ ।
बामदेव गौतमले योगेश भट्टराई र घनश्याम भुषाललाई निरन्तरता दिनुपर्ने प्रस्ताव लाने तयारी गरेका छन् । उनलाई पनि राष्ट्रियसभामा लगेर मन्त्री बन्न प्रस्ताव छ । तर, कानुनी अड्चन आउने भएकाले गौतम पार्टीको काम गर्ने पक्षमा छन् ।
गौतमको कोटाबाट उनकी पत्नी तुलसा थापा पनि मन्त्री बन्ने सम्भावना बलियो रहेको छ ।







