उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नी बहिनी किम यो जोङलाई राज्य सम्बन्धी थप जिम्मेवारी सुम्पिएका छन् । यसले यो जोङलाई किम शाषन प्रणालीमा शक्तिशाली स्थान दिलाउने दक्षिण कोरियाले खुफीया एजेन्सीले जनाएको छ ।

उत्तर कोरियामा अझैपनि किम जोङ उनकै पूर्ण अधिकार लागू हुने भएपनि उनले जिम्मेवारी बोझ केही कम गर्न विभिन्न नीतिगत् क्षेत्रको जिम्मेवारी आफ्ना सहयोगीहरुमा विभाजित गराइरहेको बताइएको छ । यस्तोमा बहिनी किम यो जोङले अहिले देशभरका सबै विषय र क्षेत्रको निगरानी गर्न सक्ने दक्षिण कोरियाको राष्ट्रिय खुफीया एजेन्सीले बताएको हो ।

यही कारण अमेरिका र दक्षिण कोरियासँग प्योङयोङले अपनाउने नीति सम्बन्धी जिम्मेवारी पनि अब यो जोङले नै सम्हाल्न सक्ने बताइएको छ । नेता किम जोङ उनले आफ्ना उत्तराधिकारी छनोट नगरिसकेकाले पनि परिवारका सदस्यमा किमपछिको शक्तिशाली व्यक्तित्वमा योजोङको नाम आउने गरेको छ । उनी किम भन्दा चार वर्ष कान्छि हुन् र दुवैले बाल्यकालमा स्वीट्जरल्यान्ड बसेर पढाइ पूरा गरेका थिए ।

यो जोङले पहिलोपटक २०१८ मा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएकी थिइन् जो दक्षिण कोरिया भ्रमण गर्ने किम परिवारकी पहिलो सदस्य बनेकी हुन् । त्यसबेला उनी दक्षिण र उत्तर कोरियाबीच संयुक्त खेलका लागि प्योङयोङबाट प्रतिनिधिका रुपमा गएकी थिइन् ।

त्यसैगरी उनले किम सहभागी भएका सबै प्रमुख अन्तर्राष्ट्रिय सम्मेलनहरु जस्तै दक्षिण कोरियाली राष्ट्रपति मुन जेइनसँगको भेट, चीन भ्रमणमा शि जिनपिङसँगको वार्ता अनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको बैठकमा पनि महत्वपूर्ण उपस्थिति जनाएकी थिइन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार