वैज्ञानिक समाजवाद अभियान नेपालका संयोजक आहुतिले अहिलेका कांग्रेस र सत्ताधारी नेकपाभित्र पूरानो पुस्तालाई चुनौती दिन सक्ने पुस्ता नभएको ठहर गरेका छन् ।

एक पत्रिकामा आफ्नो विचार दिदैं आहुतिले सत्ताधारी नेकपा र कांग्रेसमा एकातिर सांगठनिक आधार नैं नयाँ पुस्तालाई दिन सक्ने नबनाएको हुँदा र अर्कोतिर ती पार्टीका युवाहरुमा सिस्टम र नीतिगत प्रश्नमा नेतृत्वसँग सामना गर्न सक्ने कुनैं क्षमत्ता नभएको दाबी गरे ।

कान्तिपुर दैनिकमा आहुतिको यस्तो छ धारणाको सानो अंश-

  • आज नेकपा (नेकपा) र नेपाली कांग्रेसमा उठ्न खोजेको पुस्ता बहसको पनि ठोस संगठनात्मक सिद्धान्तको आधार देखिँदैन । नयाँ पुस्ताले हस्तक्षेप गर्नुपर्‍यो भन्दैमा कसरी हस्तक्षेप हुन्छ ? जबकि नयाँ पुस्ता निर्णयकारी थलोमा अनिवार्य रूपमा पुग्न पाउने संगठनात्मक प्रणाली नै छैन । जब कुनै पात्रले नयाँ पुस्ताले निर्णय गर्न पाउनुपर्‍यो भन्ने माग गर्छ तर नयाँ पुस्ता अनिवार्य रूपमा निर्णय गर्ने स्थानमा पुग्ने प्रणाली र संगठनात्मक सिद्धान्तको चाहिँ वकालत गर्दैन, त्यो त हास्यास्पद कुरा हो ।
  • आज जुनसुकै धाराको पार्टीलाई पुस्तागत रूपमा पनि हराभरा बनाउनुपर्छ भन्ने प्रवृत्तिले यति न्यूनतम कुरा त बुझ्नैपर्छ, सिद्धान्त र प्रणालीमा फेरबदल नगर्ने हो भने पार्टीको उमेर बढ्दै जाँदा निर्णायक स्थानहरू अनिवार्य रूपमा मूलतः बूढाहरूद्वारा नै खचाखच भरिनेछन् !
  • यसप्रकार कुनै स्थानमा नयाँ उमेर समूहको मानिस पुग्दैमा त्यसमा गुणात्मक परिवर्तन आउँछ भनेर सोच्नु ठूलो विभ्रम हो । पितृसत्तात्मक वैचारिकी र संरचना निरन्तर कायम राख्दा नयाँ पुस्ताका बलात्कारी जन्मिरहेछन् । साम्राज्यवादी नीति रहेसम्म अमेरिकी राष्ट्रपतिमा फरक पुस्ताको व्यक्ति फेरिएर केही फरक पर्‍यो र ? उत्पीडित राष्ट्रहरूमाथि उत्पीडन यथावत् रह्यो ।
  • आफ्ना निम्ति मर्न तयार युवालाई उनीहरूले अन्ततः नेतृत्वमा ढिलो–चाँडो लगिहाल्नेछन् किनभने आफ्नो बिँडो थाम्ने उत्तराधिकारी त चाहिन्छ नै । मध्ययुगको सामन्तले त त्यस्तो उत्तराधिकारी चाहन्थ्यो भने, आजका संसद्वादी नेताले नचाहने कुनै कारण छैन । त्यसकारण पुस्ताको बहस नयाँ पुस्ता अहिले कार्यकारी हुने कि अलि ढिलो हुने भन्नेमा केन्द्रित हुने हो भने त्यो असैद्धान्तिक मात्र होइन, लज्जास्पद सन्दर्भसमेत बन्नेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार