उत्तर कोरियाली नेता किम जोङ उन गंभीर बिरामी भएको दक्षिण कोरियाका एक पूर्व सरकारी अधिकारीले दाबी गरेका छन् ।

वास्तवमा पछिल्लो केही समयदेखि किम जोङ उनको स्वास्थ्यबारे विभिन्न अड्कलबाजी र दाबी गरिएको थियो तर उनी अचानक सबैको अगाडि स्वस्थ रुपमा देखापरे । अब दक्षिण कोरियाका पूर्व कूटनीतिज्ञद्वारा यस्तो दाबी गरिएपछि उनको स्वास्थ्यबारे पुनः चर्चा सुरु हुन थालेको हो ।

डेली मेलको एक रिपोर्ट अनुसार स्थानीय मिडियासँग कुराकानी गर्दै दक्षिण कोरियाका पूर्व कूटनीतिज्ञले किम जोङ उन कोमामा भएको तर उनको जीवन अन्त्य भने नभएको बताएका छन् ।

उनका अनुसार किमका ३३ वर्षीया बहिनी किम यो–जोङ दाइका केही शक्तिसहित सर्वोच्च पदमा रहेकी छिन् ।‘अहिले नै एक पूर्ण उत्तराधिकार संरचनाको गठन नगरिएका कारण उनकी बहिनीलाई अगाडि सारिएको हो,’ उनले भने ।

किमले बिहिबार सरकारी कार्यक्रममा आफ्नो उपस्थिती जनाएको तस्बिर उत्तर कोरियाली मिडियाले सार्वजनिक गरेता पनि चाङले यस्तो दाबी गरेका हुन् । यद्यपि, रोयटर्सका अनुसार उक्त तस्बिर स्वतन्त्ररुपमा पुष्टि हुन नसक्ने बताएको छ ।


अघिल्लो हप्ता किम जोङ उनले आफ्नी बहिनीलाई सत्ताको दोस्रो स्थान प्रदान गरेको दाबी गरिएको थियो । उत्तर कोरियाको अर्थव्यवस्थाको विषयमा किम जोङ उन असाध्यै तनावमा भएको र यसैकारण उनले अमेरिकासँग सम्बन्ध सुधार्ने महत्वपूर्ण जिम्मेवारी आफ्नी बहिनीलाई दिएको खबर प्रकाशित भएको थियो ।

३६ वर्षे किम जोङलाई यसवर्ष सार्वजनिक कार्यक्रममा निकै कम देखियो । अप्रिलमा उनको मुटुको शल्यक्रिया गरिएको र उनको स्वास्थ्य अत्यधिक नाजुक पनि बताइएको थियो । कतिले त उनको मृत्यु नै भइसकेको अनुमानसमेत गरेका थिए ।

यी खबर तथा अनुमान त्यतिबेला फेल खायो जब मे महिनामा उत्तर कोरियाली शासकले एक कारखानाको उद्घाटनको क्रममा रिबन काटिरहेको तस्बिर सार्वजनिक भयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार