दश वर्षे जनयुद्धमा निश्वार्थ भावले लड्ने पूर्व माओवादी जनसेना र कार्यकर्ताहरुको जीवन हिजोआज निकैं कठिन र चिन्ताग्रस्त बनेको समाचार आइरहन्छ ।

यही सेरोफेरोमा पश्चिम रुकुमका चन्द्र बिक लामो समय बिरामी भएर थला पर्दापनि उपचार नपाएको उनको तस्बीर अहिले सामाजिक संजालमा निकैं भाइरल बनेको छ ।

बिकको तस्बीरलाई सामाजिक संजाल फेसबुकमा बिमल लामिछानेले हालेका छन् । उनले एउटा स्टाटस लेख्दैं ‘युद्धमा होम्याउने नाईकेहरु मालामाल भएका छन्’ भन्दैं केही सहयोग गर्न सबैंमा अपिल समेत गरेका छन् ।

बिमल लामिछानेको फेसबुक स्टाटस यस्तो छ –

‘राजनीतिक परिबर्तनको निम्ति भनिएको माओबादी लडाइँमा आफ्नो ज्यानको बाजी लगाएर लड्नुभएका आठबिसकोट नगरपालिका – १६ ,पश्चिम रुकुमका चन्द्र बिक लामो समय बिमारी पछी थला पर्नुभएको छ।युद्धमा होम्याउने नाईकेहरु मालामाल भएका छन तर पटक -पटक सहयोगको लागी याचना गरे पनि कसैले चासो नदिएको उनि बताउछन भनेको सन्जालमा भेटे । बहाँको बारे डिटेल पत्ता लगाउनुस त ।केहि सहयोग गर्न सकिन्छ कि ?’

पश्चिम रुकुम या पूर्वी रुकुम जहाँ भएपनि जनार्दन शर्मा प्रभाकर जनयुद्धताका सिंगो माओवादी सेनाका कमाण्डर थिए र अहिले सत्ताधारी नेकपाका केन्द्रीय स्तरका नेता हुन् ।

उनकैं जिल्लामा पूर्व माओवादी लडाुक उपचार गर्न नपाएर यस्तो अवस्था हुँदा उनको मनले कसरी काम गरिरहेको होला ? सर्वसाधारण सबैले निकैं जिज्ञासाका साथ विकको तस्बिरलाई नियाली रहेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार