
विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ लाई प्रहरीले सर्वोच्च अदालतको आदेश लत्याउँदै पुनः गिरफ्तार गरेको छ ।
हातहतियार तथा साङ्गठनिक अपराध मुद्दामा सर्वोच्च अदालतको आदेशमा जिल्ला अदालत भोजपुरले रिहा गरेलगत्तै प्रहरीले नेता वीरजङ्गलाई पुनः गिरफ्तार गरेको हो ।
नेता चन्दबहादुर चन्द ‘वीरजङ्ग’लाई अहिले प्रहरीले फेरि पक्राउ गरेर संखुवासभा पुर्याएको छ ।
सर्वोच्च अदालतमा गैरकानुनी रूपमा कारागार चलान भएको भनी बन्दी प्रत्यक्षीकरणको रिट निवेदन परेपछि सर्वोच्च अदालतका न्यायाधीश दीपक कार्की र प्रकाशमानसिंह राउतको इजलासले मङ्गलबार नेता वीरजङ्गलाई रिहा गर्ने आदेश गरेको थियो ।
वीरजङ्ग विद्रोही नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवको सहोदर दाजु हुन् । वीरजङ्ग उक्त पार्टीका मध्यपश्चिम कमाण्ड इन्चार्ज थिए ।







