नेपालका ११ वाम घटक दलले अमेरिकी सहयोग परियोजना भनेर चिनिएको एमसीसीलगायत ९ माग लिएर सरकारविरुद्ध आन्दोलन गर्ने उद्घोष गरेको छ ।

विप्लव नेतृत्व नेकपा निकट मानिने राष्टिय जागरणमंचसहित मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीलगायत ११ वामघटकले यस्तो आन्दोलनको घोषणा गरेका हुन् ।

साथैं वाम घटक मोर्चाले कोरोनानियन्त्रणमा सरकारले गैरजिम्मेबारी प्रदर्शन गरिरहेको भन्दैं त्यसको विरुद्ध पनि आन्दोलने गर्ने बताएको छ ।

११ वाम घटकमा मोहन विक्रम सिंह नेतृत्को नेकपा मसाल, गोपाल किराती नेतृत्वको नेकपा (माओवादी केन्द्र), सीपी मैनाली नेतृत्वको नेकपा मालेलगायत दलहरु आवद्ध छन् ।

साथैं वाम घटक दलले बाढीपहिरोबाट देशैभरि किसानको जनधनको ठूलो क्षति भएकाले पीडित परिवारको खाने, बस्ने र औषधोपचार गर्ने व्यवस्था तदारुकताका साथ मिलाउन र जोखिममा रहेका बस्तीहरूलाई सुरक्षित स्थानमा सार्ने प्रबन्ध मिलाउन पनि माग गरेका छन् ।

सरकारले आफ्ना मागप्रति बेवास्ता गरेमा सङ्घर्षमा उत्रन बाध्य हुने ११ वाम दलले चेतावनी दिएका छन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार