उत्तरी सिरियामा अमेरिकी  र रुसी सैन्य ट्याङ्कहरुबीच गत मङ्गलबार भएको मुुठभेडका लागि दुबैले एकअर्कालाई आरोप लगाइरहेका छन् । यस भिडन्तमा केही अमेरिकी सैनिक घाइते भएका छन् । दुुबै देशका ट्याङ्कहरु ठोक्किएको भिडियो रुसी वेवसाइट रुसभेस्ना डट एसयुुबाट प्रशारण भएको थियो ।

यसपछि ट्वीटरमा यो भिडियो भाइरल भयो । भिडियोमा एक रुसी सैन्य वहान मरुभूमी क्षेत्रमा एक अमेरिकी ट्याङ्कसँग ठोक्किएको देखिन्छ । भिडियोमा एक रुसी हेलिकोप्टर उडिरहेको पनि देख्न सकिन्छ ।

अमेरिकाले आफ्नो गस्तीमा रोकावट सिर्जना गरेको रुसको आरोप छ । तर अमेरिकी रक्षा अधिकारीले सिबिएस न्युजसँग बताएअनुसार रुसी सैनिकहरु अमेरिकी सुरक्षा क्षेत्रमा घुसेका थिए । जबकी, यस इलाकामा नछिर्ने सहमति उनीहरुले गरेका थिए । ह्वाइट हाउसका अनुसार गाडीका चालकदलका सदस्यलाई हल्का चोट लागेको छ ।  सिरियामा अमेरिकी र रुसी सेनाबीच संवाद र विवाद भइरहन्छ, तर यस्तो टकराव भने पहिले भएको थिएन । रुसले सिरियामा सरकारी सेनालाई समर्थन गर्छ, जबकी अमेरिका स्थानीय कुर्द लडाकुहरुको साथमा छ । सन् २०११ देखि चलिरहेको गृहयुद्धले सिरियामा विध्वंश निम्त्याएको छ ।

रुस के भन्छ ?

रुसको रक्षा मन्त्रालयका अनुसार यस इलाकामा रुसी सैनिकले गस्ती गर्दैछन् भनेर अमेरिकी सेनालाई पहिल्यै चेतावनी दिइएको थियो । रुसी समाचार एजेन्सी तासले रक्षामन्त्रालयका तर्फबाट जारी गरिएको विज्ञप्ति प्रकाशित गर्दै लेखेको छ –‘यसका बाबजुद विद्यमान सम्झौताहरुलाई नजरअन्दाज गरेर अमेरिकी सैनिकहरुले रुसी गस्ती टोलीलाई रोक्ने कोसिस गरे । जवाफमा रुसी सैन्य पुलिसले आफ्नो मिशन पूरा गर्न र घटना रोक्नका लागि आवश्यक जरुरी कदम उठायो ।’

सन् २०१६ देखि रुसको सैन्य पुलिस सिरिया सरकारको सहयोगका लागि त्यहाँ उपस्थित छ । सिरिया सरकारको नियन्त्रणमा रहेका केही इलाकामा कानून र व्यवस्था निर्माण गर्ने जिम्मा नै रुसी सैनिक पुलिसलाई दिइएको छ । त्यस्तै रुसी सैन्य प्रहरीले युद्धविरामको पनि निगरानी गर्छन् । रुसले सिरियाका राष्ट्रपति बसर अल असदको सेनालाई सैन्य उपकरण र हतियारहरु पनि सहयोग गरेको छ । असदको सेनाले आफ्नो देशमा धेरै विद्रोही संगठनहरुसँग लडाइँ लडिरहेको छ ।

अमेरिका के भन्छ ?

ह्वाइट हाउसको नेशनल सेक्युरिटी काउन्सिल (एनएससी) का अनुसार रुसी सैन्य वहान अमेरिकाको एन्टी मिसाइल ट्याङ्कसँग ठोक्किएको हो । यसकारण अमेरिकी वहानका चालक दलका सदस्य घाइते छन् । एक अमेरिकी सैनिकले नाम नखेल्ने शर्तमा द पोलिटिको वेवसाइटलाई दिएको जानकारीअनुसार चार अमेरिकी सैनिकको टाउकोमा हल्का चोट लागेको छ । जुन इलाकामा यो घटना भएको छ, त्यहाँ अमेरिकाका ५ सय सैनिक उपस्थित छन् । यी अमेरिकी सैनिकहरु ईस्लामिक स्टेटको खतरालाई मध्यनजर गर्दै त्यहाँ बसेका हुन् ।

अमेरिकी सैनिकहरुले यस इलाकामा कुर्दिसको अगुवाईमा रहेको सिरियाली डेमोक्रेटिक फोर्स (एसडिएफ) गठबन्धनलाई सहयोग गरिरहेका छन् । एनएससीका प्रवक्ता उलियटका अनुसार यो घटना मंगलबार स्थानीय समयअनुसार १० बजेको आसपास भएको हो, जब पूर्वोत्तर सिरियामा डेरिक नजिक नियमित अमेरिकी सुरक्षा गस्ती वहान रुसी सैनिक वहानसँग आमने–सामने भयो ।

रुसी सैनिकको कदमको आलोचना गर्दै उनले भनेका छन् कि स्थितीलाई तानवपूर्ण हुनबाट बचाउनका लागि अमेरिकी गठबन्धनको गस्ती दल त्यहाँबाट हिंडेको हो । उलियटका अनुसार यो कदम संघर्ष कम गर्नका लागि बनाइएको प्रोटोकलको उल्लंघन हो । डिसेम्बर २०१९ मा अमेरिका र रुसले आपसी संघर्ष नगर्ने प्रतिबद्धता जनाएका थिए ।

बीबीसी संवाददाता जोनाथन मार्कसको विश्लेषण 

पूर्वोत्तर सिरियामा अमेरिकी सेनालाई लिएर यस्तो धेरै घटना भइसकेका छन् । एक साता पहिले पनि अमेरिकी सैनिकहरुले रुसको सहयोगी सिरियाली सेनाको गोलबारी झेल्नुपरेको थियो । फेब्रअरी २०१८ मा रुस समर्थित सैनिकहरुले एक प्रमुख तेल क्षेत्रनजिक अमेरिकी सैनिक बसेको ठाउँमा ठूलो हमला गरेका थिए ।

तर उनीहरु पछाडि हट्नुप-यो र ठूलो नोक्सानी पनि भयो । तर, अहिलेको घटना अलग छ । खासमा यो आधिकारीक रुपमा रुसी सेना र अमेरिकी सेनाबीचको सिधा टकरावको नतिजा हो । अमेरिकीहरुको तर्क छ कि यो सुनियोजित घटना हो ।

अमेरिकाका अनुसार रुसले धेरै तवरले स्थानीय सम्झौता तोडिरहेको छ र आखिरमा यसबाट अमेरिकी सैनिक हैरान भइरहेका छन् ।

तर यो किन अहिलेको समय भयो ? रुसलाई लाग्छ कि अमेरिका सिरियाबाट निस्कने तयारीमा छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा रहेका एक हजार अमेरिकी सैनिकहरुलाई फिर्ता बोलाउने घोषणा गरेका थिए, ती सैनिकहरु कुर्दिसको सहयोगका लागि त्यहाँ तैनाथ छन् । तर,पछि उनले आफ्नो मन बदले अनि केही प्रतिबन्धित इलाकाहरुमा सानो संख्यामा अमेरिकी सैनिक उपस्थित रहने फैसला लिए ।

तर रुसलाई लागेको छ कि राष्ट्रपति ट्रम्प विदेशमा रहेका अमेरिकी सैनिकहरुको संख्या कम गर्न चाहन्छन् । र, यहीकारण रुसले सिरियामा अमेरिकी सैनिकहरुलाई बाहिर जाने बाटो देखाउने लक्ष्य राख्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार