
प्रधानमन्त्री एवं सत्ताधारी नेकपाले प्रचण्ड र आफुबीच साझेदारीमा सरकार र पार्टी संचालन गर्ने सहमति भएको बताएका छन् ।
पत्रकार ऋषि धमलासँग लामो कुराकानी गर्दै ओलीले साझेदारीमा सरकार संचालन गर्ने सहमति भएको बताएका हुन् । उनले आफूले मुख्य रुपमा सरकार र अर्का अध्यक्ष प्रचण्डले पार्टी मुख्य रुपमा सञ्चालन गर्ने सहमति भएको जनाए ।
‘प्रचण्ड (उहाँले) पार्टीको सञ्चालनमा आफूलाई मुख्य रुप्मा कार्यकारी अधिकारसहित उहाँले काम गर्नुहुनेछ । त्यसमा हामीले मंसिर ४ मा समझदारी गरिसकको छौं । बिचमा केही तलमाथि पर्लाजस्तो स्थिति भयो । त्यसकारण त्यसबाट तलमाथि हुनु परेको छैन् । प्रम म हुँ । पार्टी पनि समझदारीका साथ चल्छ । सरकारपनि समझदारीका साथ चल्छ । पार्टीमा दुई अध्यक्ष छौं ।’ उनले भने, ‘सरकारमा प्रमको हैसियतले, त्यसको अर्थ सरकार मैले एकलौटी ढंगले मनपरी गर्ने होईन । जनताको अधिकारसमेत पठाएर प्रम निर्वाचित भएको छ । प्रमले आफ्नो सहयोगी मन्त्रिपरिषद बनाउँछ । यसले देश सञ्चालन गर्छ । अध्यक्षको हैसियतमा उहाँले सरकार सञ्चालनको विषयमा रुचि राख्नुहुन्छ । नीति र निर्णयमा । मुख्य रुपमा उहाँले पार्टी सञ्चालन गर्नुहुन्छ ।”
उनले आफूलाई प्रचण्डबाट मुख्य रुपमा सहयोग नै भएको पनि स्पष्ट पारे ।







