
सप्तरी अदालतले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाकी नेतृ उमा भुजेल र नेता सुमनसिंह पौडेललाई रिहा गर्न आदेश दियो ।
पुनः पक्राउ गर्न प्रहरीहरु अदालत परिसरमा आयपुगेपछि उनीहरुले प्रहरीको आँखा छलेर उम्किन सफल भए ।
तर नेतृ भुजेल र नेता पौडेललाई पुनः पक्राउ गर्न अदालत परिसरमा प्रहरी परिचालित थियो । उनीहरु प्रहरीलाई झुक्याएर अदालतबाट बाहिरिए ।
जिल्ला अदालतको गेट अगाडि प्रहरी निरीक्षकको नेतृत्वमा दुवैलाई पुनः नियन्त्रणमा लिन प्रहरी परिचालित भए पनि दुवै जना अदालतको पछाडितिरको गेटबाट बाहिरिन सफल भएका थिए ।
उनीहरुलाई फेला नपारेपछि प्रहरीले अदालतका कोठा–कोठामा पसेर खोजेको थियो ।
जिल्ला बारका अध्यक्ष डोमन साहले प्रहरीको यो कदमलाई स्वतन्त्र न्यायालयमाथि हस्तक्षेप भन्दै बिरोध जनाएका छन् ।
नेतृ उमा भुजेल जनयुद्धका क्रममा गोरखा जेल ब्रेक गरेर निस्किन सफल भएकी थिइन् ।







