
प्रधानमन्त्री एवं सत्ताधारी नेकपा अध्यक्ष प्रचण्डले वामदेव गौतमलाई राष्टिय सभामा मनोनित गरेपनि मन्त्री नबनाउने भएका छन् ।
गत फागनमा सत्ताधारी नेकपा सचिवालयले उपाध्यक्ष तथा सचिवालय सदस्य वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने भनेर गरेको निर्णय कार्यान्वयन गर्न स्वयम गौतमले दबाब दिएपछि प्रधानमन्त्री केपी शर्मा ओली दबाबमा परेका छन् । सचिवालयका ९ जनामध्ये बहुमत सदस्यले वामदेवलाई राष्ट्रिय सभामा ल्याउने निर्णय कार्यान्वयन हुनुपर्ने बताएका छन् ।
गौतमले अध्यक्षद्धय ओली र पुष्पकमल दाहाललाई भेटेर आफूलाई राष्ट्रिय सभामा लैजाने निर्णय कार्यान्वयन हुनुपर्ने बताएका छन् । गौतमले आफूलाई राष्ट्रिय सभामा लैजाने निर्णय कार्यान्वयन हुनुपर्ने अडान राखेका हुन् ।
सत्ताधारी नेकपाको सचिवालय बैठक यही भदौ १८ गते बस्दैछ । त्यही बैठकमा वामदेवलाई राष्ट्रिय सभामा लैजानेबारे महत्वपूर्ण निर्णय हुने नेताहरुले बताउन थालेका छन् । तर, प्रधानमन्त्री ओली भने अझैपनि अर्थमन्त्री डा. युवराज खतिवडालाई नै निरन्तरता दिने पक्षमा छन् ।
उनले गौतमलाई राष्ट्रिय सभामा ल्याएपनि मन्त्री भने नबनाउने तयारी थालेका छन् । बरु, गौतम पत्नी तुलासा थापालाई मन्त्री बनाउने ओलीको योजना छ ।
ओलीले आफूनिकट नेताहरुसँग पनि वामदेवलाई राष्ट्रिय सभामा मनोनित गरिएपनि मन्त्री बनाउँदिन भन्ने अडान सुनाएको स्रोतको दाबी छ ।







