अहिले वामदेव राष्ट्रियसभामा जाने विषय लगभग निश्चित भइसकेको छ । सरकारमा जान उनले उपप्रधानमन्त्रीसहित अर्थमन्त्रालयको दाबी गरेका छन् ।

दुईपटक गृहमन्त्री भइसकेका उनी किन अर्थ मन्त्री बन्न चाहे ? यो प्रश्न तेर्सिएको छ । यतिबेला अर्थमन्त्री डा. युवराज खतिवडाले निरन्तरता पाउनेमा प्रश्न उठेको छ । उनी सांसद नभएकाले भदौ १९ बाट स्वतः अर्थमन्त्री रहनेछैनन् । यसकारण मात्र बामदेवको ध्यान अर्थमा गएको होइन ।

खतिवडा सत्ताधारी नेकपाभित्र निकै आलोचित छन् । उनी प्रधानमन्त्री ओलीका प्रीय भएपनि ओलीनिकटस्थले नै मनपराउँदैनन् । राजनीतिक पृष्ठभुमिबाट नआएकाले उनको कार्यशैलीले नेकपालाई भविष्यमा नकारात्मक असर पर्ने विश्लेषण भइरहेको छ ।

प्रतिनिधिसभा चुनाव हारेका बामदेव राष्ट्रियसभामा जान खोज्दा आलोचित नहुनुमा उनले अर्थमन्त्री दाबी देखाउनु पनि कारण हो । सत्ताधारी नेकपाभित्र अर्थमन्त्रीको बर्हिगमनको पक्षधर धेरै छन् । जुन भावना बुझेर बामदेवले कार्ड फालेका छन् ।

अर्थमन्त्री भएमा कतिपय लोकप्रीय काम गरेर पार्टी पंक्तिभित्र र बाहिर समेत मन जित्न सकिने बामदेवको विश्वास रहेको बुझिएको छ । उनले यसलाई आफ्नो राजनीति अझ मजबुत बनाउने अवसरका रुपमा लिन खोजेका छन् । तर, सत्ताधारी नेकपाभित्र उनलाई उपप्रधानमन्त्रीसहित अर्थमन्त्री बन्ने बाटो सहज छैन ।

चुनाव हारेकोले कानुनी अड्चन पनि हुनसक्छ । अर्कोतर्फ, प्रधानमन्त्री ओली समेत उनलाई अर्थमन्त्रीको जिम्मेवारी दिइहाल्ने पक्षमा सकारात्मक देखिइसकेका छैनन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार